अर्थ

विश्‍व उपभोक्ता दिवस: उपभोक्तालाई जागरूक हुन प्रधानमन्त्रीको आग्रह
SHARES

चैत १, २०७५

    काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकार सुरक्षित गर्न उपभोक्ता जागरुक हुनुपर्ने बताएका छन्।  विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा  सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सेवा दिने निकाय, उद्यमी, व्यवसायीलगायत सबै सरोकारवालाले उपभोक्ताको अधिकारको संरक्षण र सम्मान हुने गरी काम गर्न स्मरण गराएका छन्। 

    'उद्यमी व्यवसायीले उपभोक्ता अधिकारको संरक्षण, सम्मान र पालना हुने गरी आफ्ना क्रियाकलाप सञ्चालन गर्नु पछ', प्रधानमन्त्री ओलीले सन्देशमा भन्नुभएको छ, 'यस क्षेत्रमा सक्रिय नियामक निकायले आफ्नो कार्य क्षमतामा विकास र विस्तार गरी उपभोक्ता संरक्षणका लागि अझ क्रियाशल हुनुपर्ने खाँचो छ', प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । 

    संयुक्त राष्ट्र सङ्घको महासभाले पारित गरेको उपभोक्ता अधिकारसम्बन्धी मार्ग निर्देशनका आधारमा सरकारले कानूनको निर्माण र संशोधन गरी उपभोक्ताको अधिकारलाई मजबुत गर्न हरतरहले प्रयास गरिरहेको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ। 

    विश्व उपभोक्ता अधिकार दिवस (मार्च १५) संसारभर मार्च १५ मा मनाउने गरिन्छ।  नेपालको संविधान २०७२ को धारा ४४ ले  उपभोक्ता अधिकारलाई मौलिक हकमा राखेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]