|
प्रतीकात्मक तस्विर

कालिकोट : जिल्लामा स्वास्थ्य बिमा गर्नेको संख्या बढेको गएको छ। स्वास्थ्य बिमा गर्न थालेको जेठ महिनायता २९ हजारले स्वास्थ्य बिमा गरेका हुन्।

गत जेठ १० गतेदेखि दर्ता सुरु भएको जिल्लामा फागुनसम्ममा २९ हजार बिमित पुगिसकेको स्वास्थ्य बिमाका दर्ता अधिकारी चन्द्र खड्काले बताए। ‘हालसम्म २९ हजार मानिसले स्वास्थ्य वीमा गरिसकेका छन्।’ उनले भने,‘बिमा गर्ने मानिसको संख्या अझैँ बढ्दै गइरहेको छ।’

स्वास्थ्य बिमा गर्ने पुरुषभन्दा महिला बढी

हालसम्म स्वास्थ्य बिमा गर्ने २९ हजार मध्ये पुरुषभन्दा महिला संख्या बढी रहेको छ। कुल बिमितको सङख्यामा १७ हजार ४०० महिलाले स्वास्थ्य बिमा गरेका छन्। पुरुषको तुलनामा ६० प्रतिशत महिलाले स्वास्थ्य बिमा गराएका स्वास्थ्य बिमाका दर्ता अधिकारी चन्द्र खड्काले बताए। ‘स्वास्थ्य बिमा गर्ने पुरुषको संख्या ११ हजार ६०० छ ।’ उनले भने,‘ पुरुषहरु रोजगारीका लागि विभिन्न देशमा जाने भएकाले महिलाहरूले बढी बिमा गरेका छन्।’

बिमितलाई ४२ लाख भुक्तानी

२९ हजारले बिमा गरेवापत ४२ लाख ७७ हजार ४८५ भुक्तानी दिएको स्वास्थ्य बिमा बोर्डले जनाएको छ। बिमा गरेका व्यक्तिहरूले जिल्ला र स्थानीय स्वास्थ्य चौकी जिल्ला बाहिर उपचार गरेवापत सो रकम भुक्तानी भएको दर्ता अधिकारी खड्काले बताए । ‘जिल्ला र जिल्लाबाहिर स्थानीय अस्पतालमा उपचार गरेवापत रकम भुक्तानी गरिएको हो’, उनले भने,‘अहिलेसम्म धेरै जनाले यसको लाभ लिएका छन् ।’

जिल्लामा एक हजार १२८ घरधुरीको बिमाबापत ३१ लाख ७५ हजार रुपैयाँ जम्मा भएको बिमा बोर्डले जानकारी दिएको छ ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.