|

काठमाडौंः न्यूजिल्याण्डको क्राईष्टचर्चमा रहेका दुई मस्जिदमा बन्दुकधारीको आक्रमण भएको छ। क्राईष्टचर्चमा रहेका दुईवटा मस्जिदमा नवाज पढिरहेका बेला बन्दुकधारीले एकाएक आक्रमण गरेका अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।

घटनामा संलग्न भएको आशंकामा २८ वर्षिय एक अष्ट्रेलियन सहित चार जनालाई नियन्त्रणमा लिइएको न्यूजिल्याण्ड सरकारले जनाएको छ। डेली मेलका अनुसार घटनामा कम्तिमा ३० जनाको मृत्यु भएको छ भने त्यतिनै संख्यामा घाईते भएका छन्। अन्य केही सञ्चार माध्यमले ९ जनाको मृत्यु भएको जनाएका छन्। 

सुरक्षा अधिकारीले भने अहिलेसम्म ज्यान गुमाउनेको संख्या प्रष्ट जनाएको जनाएका छन्। सुरक्षाकर्मीले अहिले सर्च अपरेसनजारी राखेका छन्। न्युजिल्याण्डकी प्रधानमन्त्री जैसिण्डा अर्डनले देशकै इतिहासमा कालो दिन भएको बताएका छन्।

नुर मस्जिद र लिनवुड मस्जिदमा बन्दुकधारीले आक्रमण गरेका थिए। आक्रमणको समयमा मस्जिदमा रहेका बंगलादेशी क्रिकेट खेलाडी पार्कबाट भागेर ज्यान जोगाएका छन्। घटनापछि बंगलादेश र न्युजिल्याण्डबीचको तेस्रो टेष्ट स्थगित गरिएको छ। बंगलादेश क्रिकेट बोर्डले आफ्ना सबै खेलाडी सुरक्षित रहेका जनाएको छ। आक्रमणमा कुनै पनि नेपाली नपरेको अस्ट्रेलिमा रहेको नेपाली दूतावासले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.