|

काठमाठौं : यातायात व्यवस्था विभागले सार्वजनिक यातायातका साधनका टिकटमा गाडी नम्बर र उजुरी गर्नका लागि फोन नम्बर राख्ने व्यवस्था गर्न मातहतका निकायलाई निर्देशन दिएको छ। सर्वसाधारण रामबहादुर थापाले दिएको निवेदनमा सुनुवाइ गर्दै विभिगले मातहतका निकायलाई अनुगमन गरी कानून अनुसार कारबाही अगाडि बढाउन यस्तो निर्देश दिएको हो।

गत असोज ७ गते निर्धारण भएको भाडादर अनिवार्य लागू गराउन र उपत्यका तथा छोटो दूरीका यातायातमा अनिवार्य टिकटको व्यवस्था हुनुपर्ने माग गर्दै थापाले विभिगमा निवेदन दिएका थिए। साथै उनले ट्याक्सीमा राज्य र जनतालाई गुमराहमा पार्ने खालका सामग्री टाँसिएको भन्दै ध्यानाकर्षण पनि गराए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.