सिडियोले पत्र लेखेपछि सिमरामा अख्तियारको छापा

|

बारा : कलैयामा सीमित रहेको मालपोत र नापी कार्यालय संघीयता कार्यान्वयनसँगै अन्य स्थानमा पनि विस्तारको क्रममा छ। जिल्ला सदरमुकाममा रहेको मालपोत कार्यालय भूमिसुधार तथा मालपोत कार्यालयमा परिणत भएको छ भने सिमरामा मालपोत कार्यालय सञ्चालनमा आएको छ।

सिम्रौनगढमा डेढ वर्षअघिबाट कार्यालय स्थापना गर्ने निर्णय भए पनि कार्यान्वयमा गएको छैन। त्यसैगरी कोहल्वीमा कार्यालय सञ्चालन गर्ने बारेमा मन्त्रालयले राय पेश गर्न कलैयालाई पत्रचार गरेको छ। डेढ वर्षअघिको निर्णय कार्यान्यन नुहुनुमा कर्मचारीको अभावदेखि भौतिक सामाग्री, कार्यालय ब्यवस्थापनका लागि बजेट नहुनुसम्म कारण रहेको बताउँछन्। भूमिसुधार तथा मालपोत कार्यालय कलैयाका प्रमुख राजेश्वरी त्रिवेदी भन्छिन्, ‘कर्मचारी समायोजन सकिएपछि कार्यालय सञ्चालन हुने विश्वास लिएको छु। सिम्रौनगढ नगरपालिकाले पनि सहयोगका लागि चासो देखाएको छ।’

कोहल्वीका कार्यालय स्थापनाका लागि त्यहाँका मेयर भरतबहादुर भण्डारीको पहलमा मन्त्रालयले प्रकृया अघि बढाएको छ। ‘भुमी ब्व्यसथा सहकारी तथा गरिवि निवारण मन्त्रालयले कुन–कुन स्थानीय तहलाई समावेश गर्न सकिन्छ भनेर राय माग गरेको छ,’ प्रमुख त्रिवेदीले भने–त्यसबारेमा मैले बारागढी, करैयामाई र कोहल्वीका प्रमुखसंग छलफल गरेको थिएँ। पहिला आफुहरुले सल्लाह गरेर अर्को बैठकले निर्णय गर्छ।’ 

दरबन्दीअनुसार कर्मचारी छैन
सिमरा मालपोत कार्यालय सिमरावाट बारा जिल्लाका  साविकका गाविसहरु रातोमाटे, प्रिपासिमरा, भवानीपुरजितपुर, छातापिपरा, ईनर्वासिरा, रामपुरटोकनी, बुनियाद,  लिपनीमाल, मर्नरहवा र निजगढका स्थानियबासीहरुले सेवा लिँदै आएका छन्। कार्यालयमा उपसचिवको दरबन्दीको नेतृत्वमा, दुई जना शाखा अधिकृतको दरबन्दी भएपनि नायव सुब्बा मदन गुप्ताले प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका छन्।

कार्यालय प्रमुख विवादमा
मालपोत कार्यालय सिमरा स्थापनाको केहि समयदेखि नै विवादमा तानिएको छ। गुप्ता कार्यालयका पहिलो प्रमुख हुन्। कार्यालय स्थापना गर्न तत्कालिन जिल्ला मालपोत कार्यालय बाराका प्रमुख राजेश्वरी त्रिवेदीले महत्वपूर्ण भूमिका खेलेका थिए। त्रिवेदी भन्दा जुनिएर कर्मचारी गुप्तालाई मन्त्रालयले कार्यालय प्रमुखको जिम्मेवारी दियो। कार्यालय प्रमुख भएयता गुप्ताका विभिन्न विवादमा पर्दै आएका छन्। सञ्चारकर्मी धम्काउनेदेखि भूमाफियाको संरक्षणसम्मका विवादमा तानिएका छन् गुप्ता।

सिमरामा अख्तियारको छापा
मालपोत कार्यालय सिमरामा किर्ते कागज बनाएर जग्गा बेचविखन गिरोहको सक्रियता बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रिय टोलीले शुक्रबारदेखि छानविन शुरु गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिवको संयोजकत्वमा शाखा अधिकृत, प्रहरी निरीक्षक गरी तीनजनाको टोलीले बिहीबार सिमरा मालपोत कार्यलयमा  छापा मारी सम्पूर्ण कागजपत्र अध्ययनमा लागि जफत गरेको हो। 

जिल्ला प्रशासन कार्यालय बाराले जनगुनासो बारेमा फागुन २२ अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडालाई छानविन तथा कारवाहिको माग गर्दै पत्र पठाएको थियो। बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले सिमरा मालपोतको जनगुनासोबारे अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयलाई लेखेर पठाईएको जानकारी दिए। ‘मालपोत कार्यालय प्रमुख मदनजीले आज विहान फोन गरेर अख्तियारले काजगात लगेको बारेमा जानकारी गराएका छन्,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने, 'अख्तियारले माग गरेको कागजात भरपाई गरेको पठाईएको जानकारी गराएका छन्।' 

सिमरा मालपोत कार्यालयका प्रमुख मदन गुप्ताले नागरिकता देखि लिएर  सम्पूर्ण कागजपत्र किर्ते बनाएर जग्गा वेचविखन गर्ने गिरोहसँग मिलेर काम गरिरहेको, एउटा स्थानिय तहको जग्गा अर्को स्थानिय तहलाई बिक्री गरेको, सरकारले जग्गाको किक्ताकाटँ फुकुवामा गरिसकेको अवस्थामा गलत मनसायले काम गरेको लगायतका उजुरीका आधारमा अख्तियारले छानविन थालेको हो। 

गुप्ताको पछिल्लो गतिविधि शंकास्पद देखिएपछि उनले यसअघि जिम्मेवारी सम्हालेको मालपोत कार्यालय विरगञ्जको राजस्व फाँटमा सेमत अख्तियारको टोलीले अनुसन्धान गरिहेको छ। ‘हामीले सबै कागजपत्र उठाएर ल्याएका छौ, कागजात अध्ययन, अनुसन्धान शुरु हुन्छ २ र ४ दिनमा सबै कुरा सार्वजनिक हुन्छ’,अख्तिायारका प्रवक्ता रामेश्वर दंगालले भने। 

सम्पति छानबिनको माग
सिमरा मालपोत कार्यालयका प्रमुख गुप्ताले लेखापढी व्यवसायी र जग्गा दलालीसंगको मिलेमतोमा लाखौ रुपयाँ भष्ट्रचार गरेको भन्दै चौतर्फी रुपमा  गुप्ताको  सम्पतिको  छानविनको हुनुपर्ने माग समेत उठेको छ।

अनलाइन प्रणालीबाट सेवा  
मालपोत कार्यालय सिमराले अनलाईन प्रणालीमा सेवा दिन थालेको छ। केही दिनअघि मात्र तामझामका साथ अनलाइन प्रणालीमा प्रवेश गरेको थियो। अनलाईनमा गएको महिनौ बितिसक्दा पनि कार्यालयले पुरानै फारमबाट सेवा दिइएको खुलासा भएपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनपछि अनलाईन प्रणालीको नयाँ फर्म बाध्य भएर लागु गरेका थियो। नेपाल सरकारले लागु गरेको अनलाईन फारम लागु नगरेको भन्दै संचारमाध्यममा आएको समाचारलाई आधार मानि बाराका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले मालपोत प्रमुखलाई राज्यले लागु गरेको नीति लागु गर्न निर्देशन दिएका थिए।

लेखापढी व्यवसायी संघको असहयोगले नयाँ फारम लागु गर्न केहि ढिला भएको मालपोतका प्रमुख मदन गुप्ताले बताएका थिए। मालपोत कार्यालयकै परिसरमा लेखापढी ब्यवसायी संघको कार्यालय छ, जहाँबाट प्रत्येक सेवाग्राहीसंग अझैपनि शुल्क लिइन्छ। मालपोत कार्यालय बाराका प्रमुख गुप्ताले अब सेवाग्राहीको सबै काम आफैँले गर्न सक्ने ब्यवस्था भएको बताउँछन्। 

अवैध जग्गा कारोबार फस्टाउँदै
मालपोत कार्यालय सिमराले लेखापढी व्यवसायी र जग्गा कारोबारीको मिलेमतोमा २०५५ सालमा बिक्री भएको जग्गाको नयाँ कित्ताकाँट कायम नगरी पुनः सोही  जग्गा बिक्री गरेको भेटिएको छ। साविकको मनहर्वा गाविस वडा नं ५ र हालको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १७  स्थित  जगत बहादुर महतोको ९ कठ्ठा  जग्गा मध्ये २०५५ सालदेखि २०७५ पुष २० गतेसम्म गरी पटक पटक गरी २ कठ्ठाजग्गा बिक्री भईसके पनि सिमरा मालपोतले हालसम्म बिक्री भएको जग्गा नघटाई पुरानै किक्ताकाटका आधारमा बिक्री गरेको भेटिएको हो।

मालपोत कार्यालय सिमराले आफ्नो मोठ जग्गाधनि  दर्ता श्रेस्तामा बिक्री भएर बाँकी रहेको नयाँ कित्ताकाँट ७ कठ्ठा कायम राख्नुपर्नेमा गलत मनसायवाट पुरानै कित्ताकाँट कायम  राखेको  देखाएको छ। गलत मनसायवाट मालपोत कार्यालय सिमराका कर्मचारी, लेखापढी व्यवसायी र  जग्गा कारोवारी  गगनदेव शाह तेली सहितको मिलेमतोमा सो जग्गाको बिक्री भएको देखिएकोले तत्काल अनुसन्धान गरी कारवाहि प्रक्रिया अगाडी बढाउन जिल्ला प्रशासन कार्यालय बाराले अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय  हेटौडालाई पत्र पठाएको थियो।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं १७ का वडाध्यक्ष नवराज खड्काले मालतोत कार्यालय सिमराका कर्मचारीको कारण आफुले पटक–पटक सास्ती भोग्नुपरेको बताए। ‘मालपोत कार्यालय सिमराका कर्मचारीले हाम्रो वडाको जग्गालाई  मैले सिफारिस नदिएपछि करैयामाई गाँउपालिका वडा नं १ सँग मिलेमतो गरेर हाम्रो वडाको जग्गालाई बिक्री वितरण गरेका छन्’वडाध्यक्ष खड्काले भने।

संचारकर्मीलाई धम्की
समाचार संकलन गरेको भन्दै सिमरा मालपोत कार्यालयका प्रमुख मदन गुप्ताले बाराका विभिन्न संचारमाध्यममा आबद्ध केहि संचारकर्मिहरुलाई गालि गलौजका साथै समाचार नलेख्न धम्की दिएका थिए। पछिलो समय सिमरा मालपोतमा बिचौलियाको बिग बिगी भएपछि स्थानीय संचारमाध्यमले समाचार प्रकाशन गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.