|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सक डा। गोविन्द केसीका माग सम्बोधन गर्न बिहीबार शिक्षा र स्वास्थ्यमन्त्रीलाई निर्देशन दिएका छन्।

शिक्षामन्त्री धनीराम पौडेल र स्वास्थ्यमन्त्री गगन थापालाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइ प्रधानमन्त्रीले निर्देशन दिएका हुन्। चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ दिनदेखि आमरण अनशनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै गएपछि प्रधानमन्त्री दाहालले चासो दिएका हुन्।

सो अबसरमा शिक्षामन्त्री पौडेलले चाँडोभन्दा चाँडो केसीका माग सम्बोधन गरेर अनशन तोड्ने वातावरण निर्माण गर्न लगाउने प्रधानमन्त्रीलाई बताएका थिए।

यसैबीच चिकित्सा शिक्षा सुधारका लागि रमेशकान्त अधिकारीको संयोजकत्वको कार्यदलले सरकारलाई प्रतिवेदन बुझाउने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.