|

इलाम : संविधान संसोधन विधेयक दर्ता भएको विरोधमा पुर्व प्रधानमन्त्री झलनाथ खनालको गृह जिल्ला इलाममा विरोध प्रर्दशन भएको छ।

अनेरास्ववियु इलामले संसद सचिवालयमा दर्ता भएको संसोधन विधेयकको विरोध गर्दै खाका जलाएको हो। विरोध कार्यक्रमलाई सम्‍बोधन गर्दै अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष रस्मी आर्चायले संविधान संसोधनको नाममा देशलाई धुव्रिकरण गर्दै लगेको बताए।

विदेशीको इसारामा संविधान संसोधनको नाटक गर्दै प्रचण्ड नेतृत्वको सरकारले ५ नम्वर प्रदेश विभाजन गरेर देशलाई द्वन्द्वतर्फ धकेलेको उनले बताए।

मधेशी थारुको मागका नाममा  प्रदेश टुक्रयाउनेले भोली विदेशीको इसारामा देशलाई नै बेच्न सक्ने खतरा उनले औल्याए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.