|

उदयपुर : प्रदेश १ मा सडक दुर्घटना न्यूनीकरणका लागि १५ दिने महाअभियान सुरु भएको छ। प्रदेश १ का १४ जिल्लामा एकसाथ सुरु भएको महाअभियान उदयपुरमा शुक्रबार सुरु भएको हो।

जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा गाईघाटमा प्रभातफेरी आयोजनापछि त्रिनपा १२ स्थित त्रियुगा बसपार्कबाट सुरु भएको उदयपुरका ट्राफिक प्रहरी प्रमुख दिनेश चौधरीले बताए। ‘सवारी साधन र परिचालकहरुलाई आफ्नो पेशाप्रति उत्तरदायी बनाई सडक सुशासन कायम गर्न चालकलाई पोशासक समेत वितरण गरिएको छ,’ उनले भने, ‘उदयपुरका सवै सार्वजानिक चालकलाई पोशाक अनिवार्य गरिएको छ।’

झापाको विर्तामोडमा बिहीबार नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालबाट सुरुवात गरेको महाअभियान १५ औं दिनका दिन सुनसरीको धरानमा सम्पन्न हुने छ।

यस अवधिमा सडक दुर्घटना र यसबाट निम्तिन सक्ने खतरा, न्यूनीकरणका उपाय, अनिवार्य पोशसाक कार्यान्वय, जनचेतनामूलक कार्यक्रमहरु हुने प्रदेश १ का ट्राफिक उपरिक्षक रविकुमार पौडेलले जानकारी दिए। ‘सार्वजानिक सवारी साधनका चालक तथा परिचालकहरुलाई मर्यादित, पहिचानयुक्त तथा आफ्नो पेसा प्रति सदैव उत्तरदायी एवं जवाफदेही बनाइ सडक सुशासन कायम गर्ने  अभियान थालिएको छ,’ उनले भने, ‘प्रदेश नं १ का १४ जिल्लामा चालकलाई रातो र सह चालकलाई हरियो पोसाक अनिवार्य गरिएको छ।’

प्रदेश १ ट्राफिक प्रहरीले दुर्घटना न्युनिकरण गर्न सवारी साधानमा टाँगिएका, झुण्ड्यिाइएको झल्लर, पोस्टर र माला हटाउनसमेत थालेको थियो। पौडेलका अनुसार चालकको आँखैअगाडि सिसा ढाक्ने गरी त्यस्तै वस्तु झुण्ड्याएर र टाँगेर सवारी चलाए कारवाही गर्न थालिएको छ। १४ वटै जिल्लाका सडकमा गुड्ने सवारी साधनमा झल्लर, पोस्टर र माला हटाउने अहिले अभियानै चलेको छ।

पौडेललले दुर्घटना न्युनिकरण गर्न चेकजाँचमा कडाइ, सडक ट्राफिक सचेतना, सवारी साधनको गति मापन गर्न राडार गन, मापसे चेकजाँचमा ब्रेथलाइजरको प्रयोग, सडक छेउछेउमा राखिएको विज्ञापनको होर्डिङ बोर्डसमेत हटाउन थालेको छ।  प्रदेश १ का सवारी चालकले अनिवार्य  चालक पोशाक लगाउनु पर्ने छ। चालु आर्थिक वर्षको माघसम्म प्रदेश १ मा ७२३ सवारी दुर्घटना भएका छन्। दुर्घटनामा १०४ जनाको मृत्यु भएको छ भने एक हजार ३२७ जना घाइते भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ। ट्राफिक प्रहरीले सुरु गरेको दुर्घटना न्यूनीकरण अभियान धेरै राम्रो भएको चालकहरूको भनाइ छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.