उदयपुर : मध्ये तराईको भ्रमणको क्रममा उदयपुर आइपुगेका पूर्वराजा ज्ञानेन्द शाहले गाईघाटका मठमन्दिरको दर्शन गरेका छन्। शनिबार धार्मिक कार्यक्रम लिएर गाईघाट आइपुगेका शाहद्वारा राधाकृष्ण मन्दिर लगायतका विभिन्न मन्दिरकको एकसाथ दर्शन गरी पूजापाठ गरेका हुन्।
धार्मिक भ्रमणको क्रममा शाहले गाईघाटको बोक्सेमा रहेका गणेश मन्दिर, शिव जलधार, सूर्य, र राधाकृष्ण मन्दिरमा पूजापाठ गरेका छन्। राजाले शाहले राधामाधव समितिको भवनको पनि अवलोकन गरेका थिए।
राधाकृष्ण मन्दिर, भगवती मन्दिर र राधा माधव समितिको संयुक्त आयोजनामा राधाकृष्ण मन्दिर परिषरमा पूर्वराजा शाहले पूजाअर्चना गरेका हुन्। प्रचारप्रसार समितिका संयोजक धुर्व रायमाझीले पूर्वराजा शाहले त्रियुगा उद्योग वाणिज्य संघका अगुवाहरू, कमला थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्तालाई भेट गरेको जानकारी दिए।
पत्रकारसँग बोल्न मानेन पूर्वराजा शाह
धार्मिक कार्यक्रममा आउनेबेला उदयपुरका पत्रकारसँग भेटघाट कार्यक्रम तय गरी पनि अन्तिममा राजा शाहले स्वयंले वहिष्कार गरेका थिए। राप्रपाका नेता रायामाझीले पत्रकार भेटघाट कार्यक्रम तय गरे पनि पत्रकार भेटघाट नगरेपछि पत्रकारहरू रुष्ट बनेका थिए। नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले राजाले पत्रकार भेटघाट गर्ने पूर्व निर्धारित कार्यक्रमलाई अस्वीकार गरेको आरोप लगाए।
पूर्वराजाको भव्य स्वागत
राजा शाहको स्वागतका लागि जलजले, देउरी, बगहा, मोतिगडा, गाईघाटलगायत स्थानमा गेट र व्यानरले सजाइएको थियो। राजा आउ देश बचाउ भन्दै सर्वसाधरणहरूले चर्का नारा लगाएका थिए। हिन्दु राज्य माग गर्दै राप्रपाका कार्यकर्ताहरूले राजा समक्ष प्रदर्शनसमेत गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।