|

हुम्ला : हुम्लाको  चंखेली गाउँपालिका एक महिलालाई उच्च रक्तश्रावको समस्याबाट पीडित भएपछि नेपाली सेनाको हेलिकोप्टरले उद्धार गरेको छ। चंखेली गाउँपालिका-५ नेप्का गाउँकी ३९ वर्षीया रिउली  तामाङको सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो।

गएको माघ २८ गते तीन महिनाको गर्भपतन भएको र नजिकैको स्वाथ्य चौकीमा उपचार गराउँदा ठीक नभएपछि हेलिकोप्टरमार्फत उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेलले बताए।

गुरुङलाई जोखिममा परेको सुत्केरी महिलाहरूको ज्यान जोगाउनको लागि सञ्चालन गरेको एयर लिफ्टि सेवामार्फत उद्धार गरिएको हो। लामो समयदेखि लगातर रगत बगिरहेको र उपचार नहुँदा अत्याधिक रक्तस्रावका कारण महिलाको ज्यान जोखिममा परेकाले जिल्ला प्रशासन कार्यलय हुम्लामार्फत पत्राचार गरी शनिबार उद्धार गरिएको सहायक प्रमुख जिल्ला अधिकारी पोखरले बताए।

उनका अनुसार बिरामीलाई हेलिकोप्टरले सुर्खेत हुँदै कोहलपुरको मेडिकल कलेजमा पुर्‍याएको छ। अहिले कोहलपुर मेडिकल कलेजमा  बिरामी तामाङको उपचार भइरहेको श्रीमान् जस्या तामाङले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.