|

 सल्यान : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल क्रान्तिकारीले आयोजना गरेको शैक्षिक हडतालका कारण कक्षा ५ र ८ को परीक्षा प्रभावित भएको छ। जिल्लाभर शुक्रबारदेखि सुरु भएको परीक्षा हडतालका कारण आइतबारको परीक्षा प्रभावित भएको हो। आइतबार अंग्रेजी विषयको परीक्षा भए पनि हडतालका कारण परीक्षाको अन्तिम दिन गराउनुपर्ने बाध्यता भएको जनकल्याण नमुना माध्यमिक विद्यालय थारमारेका प्रधानाध्यापक पूर्णबहादुर भण्डारीले बताए।

शैक्षिक हडताल भएको थाहा नपाएका विद्यार्थीहरु विद्यालयमा आएर फिर्ता भएका छन्। हडतालका कारण नगर, गाउँपालिका स्तरिय वार्षिक परीक्षा दिनबाट सयौं विद्यार्थी वञ्चित भएका छन्। आफ्ना संगठनका पूर्व-जिल्ला सचिव मदन केसी, वर्तमान सचिव गणेश आरसी र युवा संगठनका सचिव खुम केसीलाई पक्राउ गरिएको विरोधमा एक दिने शैक्षिक हडतालको आयोजना गरिएको अखिल क्रान्तिकारीले जनाएको छ।

पक्राउ परेका संगठनका नेताहरुलाई विना शर्त रिहाइ नगरिए थप चरणबन्द आन्दोलनका घोषणा गर्ने संगठनका जिल्ला अध्यक्ष टंक प्रकाश केसीले विज्ञप्ति जारी गरी चेतावनी दिएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.