|

काठमाडौं : काठमाडौं विश्वविद्यालय 'स्कुल अफ ल' का संस्थापक डिन डा. विपिन अधिकारीले पदबाट राजीनामा दिएका छन्। चैत्र १७ गतेदेखि लागू हुने गरी डिन अधिकारीले राजीनामा दिएका हुन्।

सम्बद्ध पक्षहरूले व्यवस्थापन पक्षसँग आउदो पुससम्म कार्यावधि भएका संस्थापक डिनले यसरी अकस्मात छोड्नुको सम्बन्धमा शंका व्यक्त गरेका छन्। करिब ८ महिनाअघि काठमाडौं विश्वविद्यालयका रजिस्ट्रार डा. भोला थापाले पनि नीतिगत विषयमा उपकुलपति डा. रामकण्ठ माकजु श्रेष्ठसँग विवाद भएपछि तत्कालै राजीनामा गरेका थिए। 

वरिष्ट संविधानविद् अधिकारी डिनको रूपमा दोस्रो कार्यकालअन्तर्गत कार्यरत थिए। अधिकारीले नेपालमा पहिलो पटक ब्याचलर अफ बिजनेस म्यानेजमेण्ट तथा ब्याचलर अफ ल 'बिबिएम, एलएलबी' को संयुक्त पाँचवर्षे कार्यक्रमको सुरुवात गरेका हुन्। यसका साथै उनको नेतृत्वमा ऊर्जा तथा पूर्वाधार विकास कानुनसम्बन्धी अनुसन्धानात्मक स्नातकोत्तर कार्यक्रम पनि सञ्चालनमा रहेको छ।

राष्ट्रिय तथा अन्तराष्ट्रिय लगानी कानुन, व्यापार, वाणिज्यलगायत कर्पोरेट क्षेत्रमा आवश्यक व्यवस्थापनको ज्ञान राख्ने कानुनी जनशक्तिको आवश्यकता पूरा गर्ने लक्ष्यसहित यो कार्यक्रम सुरु गरिएको स्कूल अफ ल को वेबसाइटमा उल्लेख रहेको पाइन्छ। यी सबै कार्यक्रमहरू सफल मानिन्छन्। उपरोक्त कार्यक्रमहरूले गर्दा काठमाडौं विश्वविद्यालयको 'स्कूल अफ ल' ले अलग प्रकारको पहिचान तथा विशिष्टिकरण प्राप्त गरेको थियो।थाहाखबरले अधिकारीसँग राजिनामा बारे जिज्ञासा राख्दा बोल्न अस्विकार गरेका छन् । उनले भने " बेला भएको छैन । बेला आएपछि बोल्नेछु । अहिले यति मात्र भनौं मैले राजिनामा दिएको हुँ ।"

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.