|

उदयपुरः उदयपुरको लिम्चुङबुङ गाँउपालिकाले अध्यक्षलाई चार पांग्रे जिप खरिदको लागि विनियोजित बजेटले सर्वसाधरणको लागि यात्रुवहाक वस किन्ने भएको छ। गाँउ कार्यापालिकाको शनिबार बसेको गाँउ कार्यपालिका बैठकले अध्यक्षको लागि चार पांग्रे जीप खरिदको लागि छुटिइयाएको बजेटले यात्रुबाहक बस किन्ने निर्णय गरेको हो।

लिम्चुङबुङ गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले गाँउकार्यपालिकाको बैठमा अध्यक्ष मेजरकुमार राई स्वयंले अध्यक्षको लागि जीप खरिद गर्ने पैसाले सर्वसाधरणको लागि यात्रुवाहक बस किन्ने प्रस्ताव पेश गरेको बताए। ‘मुख्य गरी अध्यक्षज्यू नै चढ्ने गरी जीप खरिदको लागि बजेट विनियोजित थियो,’ उनले भने, ‘उहाँ स्वयंले नै सर्वसाधरणको लागि यात्रुबाहक बस किन्ने पस्ताव ल्याउनु भयो, बहुमतले बस किन्ने निर्णय भयो।’

चालु आर्थिक वर्ष ०७४/०७५ मा लिम्चुङबुङले ७५ लाख ७१ हजार बजेट जनप्रतिनिधिको लागि चारपांग्रे सवारी खदिको लागि विनियोजन गरेको थियो। त्यही पैसाले यही चालु आर्थिक वर्षमा सर्वसाधराणको लागि गाईघाट, मुकुर्ची, लिम्चुङबुङ हुँदै हलेसी चलाउने गरी यात्रुवाहक बस किन्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत राईको भनाइ छ।

गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईले पालिकावासीलाई सहज रुपमा यात्रा गराउन लागि यात्रुबाहक बस किन्ने निर्णय गरेको बताए। ‘त्यही पालिका अध्यक्ष, उपाअध्यक्षको यात्राको लागि जीप किन्ने पैसाले पालिकावासी यात्रामा सहजता ल्याउन सकिन्छ,’ उनले भने, ‘हामी जनताको सेवा गर्न आएको, यस क्षेत्रलाई विकास निर्माणले मुहार फेर्न आएको, सेतो प्लेटको चार पाङग्रे सवारी चढ्न आएको होइन, त्यही भएर यात्रुबाहक बस किन्ने निर्याय गरेको हो।’

उदयपुरका आठ स्थानीय तहका पालिका प्रमुखहरू चारपांग्रे सवारीमा यात्रा गरिरहेका छन्। तर, लिम्चुङबुङका पालिका प्रमुख, उपप्रुमहरू दुई पांग्रे मोटरसाइकल नै प्रयोग गरिरहेका छन्। पाँच वटा वडा रहेको लिम्चुङबुङमा पाँच जना वडा अध्यक्ष, पालिका अध्यक्ष, उपाध्यक्ष र प्रमख प्रशासकीय अधिकृतले मोटरसाइकल प्रयोग गर्दै आएका छन्। पहाडी क्षेत्र पर्ने गाउपालिका भएकाले सडक निर्माणको स्काभेटरसमेत खरिद गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.