|

काठमाडौं : सरकारले ५ नम्बर प्रदेशको बिभाजन गर्ने गरी संविधान संशोधन प्रस्ताव संसदमा दर्ता गरेको विरोधमा नेकपा एमाले आन्दोलनमा छ। संसदमा प्रस्ताव दर्ता भएङ्को भोलिपल्टदेखि नै एमालेका भातृ र जनवर्गीय संगठनले विरोध गर्दै आइरहेका छन्। 

शुक्रबार युवा संघ र अनेरास्ववियुले नयाँ बानेश्वरमा संशोधन प्रस्ताव र सरकार लम्पसारवादी भएको आरोप लगाउँदै सडकमा सुतेर साङ्केतिक विरोध जनाए। कालो ब्यानर, झण्डा र नेपालको नक्सासहित सडकमा भेला भएका युवाहरुले सडकमा सुतेर विरोध जनाएका थिए। प्रदर्शनपछि आयोजित कार्यक्रममा बोल्दै युवा संघका अध्यक्ष राजीव पहारीले सरकारलाई ब्युझाउन सांकेतिक रुपमा प्रदर्शन गरेको बताए।  

अनेरास्ववियुका उपाध्यक्ष महेश बर्तौताले संविधान संशोधन प्रस्ताव पारित भएमा मुलुक विखण्डन हुन सक्ने जोखिम रहेको बताए। उनले प्रस्ताव फिर्ता नलिएसम्म आन्दोलन नरोकिने बताए। 

हेर्नुस् फोटोहरु

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.