|

इन्डियन प्रिमियर लिगको दोस्रो खेलमा हैदरावादद्बारा कोलकातासामू १८१ रनको चुनौति प्रस्तुत भएको छ।

सनराईजर्स हैदरावादले कोलकाता नाईट राईडर्ससामू १८२ रनको लक्ष्य प्रस्तुत गरेको हो। टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले पूरै २० ओभर खेल्दै तीन विकेटको क्षतिमा १८१ रन बनायो।

हैदरावादका डेबिड वार्नरले ८५ रन बनाउँदा विजय शंकर ४० रनमा अविजित रहे। जोनी बारिस्ताले ३९ रनको योगदान गरे। अहिले कोलकाता जवाफी ब्याटिङ गरिरहेको छ र उसले ताजा अवस्थामा १ विकेटको क्षतीमा १६ रन बनाएर खेलिरहेको छ। आजै बेलुकी साढे ८ बजे हुने दोस्रो खेलमा मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिपर्धा हुनेछ।

दिल्ली क्यापिटल्समा नेपालका बलर सन्दीप लामिछाने आबद्ध छन। सन्दीपले गत संस्करणमा पनि दिल्लीबाटै खेलेका थिए।

अघिल्लोपटक सुरुवाती सात खेलमा बेन्चमा बसेका सन्दीपले अन्तिम तीन खेलमा मौका पाएका थिए। यसपटक आइपिएलमा पुग्दा सन्दीपले पहिलो संस्करणको भन्दा धेरै अनुभव बटुलिसकेका छन भने स्टार खेलाडीसँग सम्बन्ध पनि बनाइसकेकाले आज उनी टिममा पर्ने सम्भावना छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.