|

पोखरा : मुक्तिश्री ग्रुपका अध्यक्ष अजयराज सुमार्गीको पोखरास्थित मुक्तिश्री कम्पनीको नाममा रहेको जग्गा नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले कब्जा गरेको समाचार झुटो भएको स्थानीयले बताएका छन्।

स्थानीय मीनबहादुर सुनारले त्यसबारे आएका समाचार सत्य नभएको बताए।

हामी यहीँ छौँ। यहाँ कसैले जग्गा कब्जा पनि गरेको छैन। कसैले झण्डा पनि गाडेको होइन,’ कब्जा गरिएको भनेको जग्गाको छेउमै घर भएका सुनारले भने- ‘कान्तिपुरमा आएको समाचार गलत हो। हामी समाचार हेरेर हास्यौँ।’ 

त्यस्तै व्यवसायी सुमार्गीको व्यावसायिक फर्म हेलो नेपालको पश्चिमाञ्चल क्षेत्र हेर्दैआएका प्रमोद चौधरीले उक्त जग्गा विवादित नभएको र कसैले पनि कब्जा नभएको जनाएका छन्। सुमार्गीको विवादित जग्गा कब्जा भनेर समाचार आएको रहेछ,’ उनले भने, ‘लगत्तै म त्यो जग्गा हेर्न जाँदा त्यहाँ न कसैले कब्जा गरेको थियो, न कसैको झण्डा र पर्चा थियो। समाचारमा आएजस्तो यो जग्गा विवादित पनि छैन। जग्गालाई लिएर कुनै किसिमको विवाद पनि छैन।

काठमाडौंबाट प्रकाशित हुने एक दैनिकले पोखरा३२ तल्लो पटनेरीमो कित्ता नम्बर २९०६, ५७०३, २९१०, ५६९८, ५७००, ७६११, २१६५, २१६९, ५६०२, ५७१४, ५७१६, २१६७, २१७१, २१७५, २६३ ५, २८९६ र २८९९ रहेको सुमार्गीको जग्गा विप्लव नेतृत्वको समूहले कब्जा गरेको भनेर समाचार आइतबार लेखेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.