|

सल्यान : जिल्लामा आइतबारबाट सुरु भएको एसईई परीक्षामा ५५ र ५३ वर्षका दुईजनाले माध्यमिक तहको एसईई परीक्षा दिएका छन्। पढाई र सिकाईलाई उमेरले छेक्दैन भन्ने उदाहरण दुई जनाले दिएका हुन्।

 जिल्लाको त्रिवेणाी गाउँपालिको त्रिवेणाी माध्यमिक विद्यालय सरिकोट फलावाङमा अध्ययनरत ५५ वर्षीय वृद्धिराज बस्नेत र शिवजन माध्यमिक विद्यालयमा खुल्ला तर्फबाट त्रिभुवन माध्यमिक विद्यालय लुहापिङ केन्द्रबाट लेखपोखराका ५३ वर्षीय नरबहादुर बुढाले आज अनिवार्य अंग्रेजी विषयको परीक्षा दिएका छन्। बस्नेतले शारदा माध्यमिक विद्यालय शंखमुल केन्द्रबाट परीक्षा दिएका छन्। बस्नेत विद्यालयको ड्रेसमा परीक्षा हलमा उपस्थित भएका थिए। बस्नेत त्रिवेणी माध्यमिक विद्यालयमा कक्षा ८ मा भर्ना भएर नियमित विद्यालय पढ्दै आइरहेका थिए।

तीन वर्ष लगातार विद्यालय गएर अध्ययन गरेका उनले यो वर्ष एसईईको परीक्षामा सहभागी भएका हुन्। धनसम्पत्ति बाँडेर सकिए पनि शिक्षा बाँडेर नसकिने भएकाले आफू कक्षा ८ देखि नियमित विद्यालयमा गएर पढ्न थालेको उनले बताए। एसईईको परीक्षामा राम्रो अंक ल्याएर पास हुने विश्वास गर्दै उनले उच्च शिक्षा पढ्ने समेत बताए। यस्तै नरबहादुर भने पेशाले स्वास्थ्यकर्मी हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.