|

काठमाडौं : त्रिभुवन विश्‍वविद्यालय अन्तर्गत चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएमका निवर्तमान डीन डा.केपी सिंह पक्षधरहरुले कार्यालयमा ताला लगाएका छन्। वरिष्ठता मिचेर डीन नियुक्त भएका केपी सिंहलाई हटाउनपर्ने माग अनशनरत डा.गोविन्द केसी थियो।

डा.केसी अनशनमा बसेको २० औं दिन शुक्रबार सिंहले राजीनामा दिएका थिए। त्यसपछि शुक्रबारै बेलुका गठन भएको सर्च कमिटीको सिफारिसमा त्रिभूवन विश्‍वविद्यालय कार्यकारी परिषद्ले डा.जगदिशप्रसाद अग्रवाललाई नयाँ डीन नियुक्त गरेको थियो।

डा. जगदिशप्रसादले आइतबार पदभार ग्रहण गर्ने कार्यक्रम छ। तर उनको पदभारअघि नै केपी सिंह पक्षधरहरुले डीन कार्यालयमा ताला लगाइदिएका छन्।   

सिंहलाई जबर्जस्ती राजीनामा गर्न लगाइएको उनका समर्थकहरुको आरोप छ। आइओएम बचाउँ संघर्ष समिति (२०७३) नामक समूहले निकालेको विज्ञप्तिमा भनिएको छ,'त्रिभुवन विश्‍वविद्यालय कार्यकारी परिषद्को पूर्ण कार्यकारी बैठकले त्रिविको नियम र कानुन सम्मत तरिकाबाट चुनिएका वरिष्ठ प्राध्यापक डा.केपी सिंहलाई कुनै व्यक्तिको वैयक्तिक माग राखि बालहठपूर्ण अनशनको कारण देखाउँदै नेपाल सरकारले अवैधानिक तवरबाट राजीनामा दिन बाध्य पारिएको सम्बन्धमा हाम्रो गम्भीर असहमति रहेको छ।'

विज्ञप्ति यस्तो छ :  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.