|

काठमाडौं : सरकारसँग १२ बुँदे सहमतिपछि डा. गोविन्द केसीले २२ औँ दिनमा अनशन तोडेका छन्। केसीले भूकम्पमा परी आमा गुमाएकी साढे २ वर्षीया मार्साङ तामाङको हातबाट जुस पिएर अनशन तोडेका हुन्।

सरकार र डा. केसी पक्षबीच भएको वार्तामा १२ बुँदे सहमति भएपछि आइतबार बिहान सहमति पत्रमा हस्ताक्षर गरिएको छ। हस्ताक्षरपछि डा. केसीले अनशन तोडेका हुन्। १२ बुँदे सहमतिको पहिलो बुँदामा चिकित्सा शास्त्र अध्ययन संस्थानमा नयाँ डीन नियुक्त गरिएको उल्लेख छ। 

यस्तै, विश्वविद्यालयको प्राज्ञिक मर्यादा कायम हुने गरी संरचना परिवर्तन गर्न र विशिष्ठता र योग्यताका आधारमा पदाधिकारी नियुक्त गर्न आवश्यक पर्ने कानुन परिवर्तनका लागि ३ महिनामा मस्यौदा बुझाउने र यसका लागि विश्वविद्यालय अनुदान आयोगका अध्यक्षको संयोजकत्वमा उच्चस्तरीय आयोग गठन गर्ने सहमतिमा उल्लेख छ। 

यस्तै, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७३ पारित नभएसम्म नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने, चिकित्सा शिक्षाका स्नातक तहमा ५० प्रतिशत सिटमा निशूल्क अध्ययन गर्ने व्यवस्था गर्ने, पूर्व सचिव जयराम गिरीको संयोजकत्वमा चिकित्सा शास्त्र अध्ययन संस्थानका सम्बन्धमा गरिएको छानविन प्रतिवेदनमा कारवादीको सिफारसि गरेका विषयलाई पुन: अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउनेलगायतका सहमति पनि सरकार र डा. केसीबीच भएको छ। 

सहमतिको ९ नम्बर बुँदामा एक प्रदेशमा कम्तीमा एक सरकारी मेडिकल कलेज स्थापना गर्ने नीति अनुरुप ती मेडिकल कलेजको क्षमता बृद्धि र नयाँ कार्यक्रम सञ्चालनका लागि स्पष्ट कार्ययोजना तयार गरेर कार्यान्वयन गर्ने उल्लेख गरिएको छ। 

विगतमा भएका सम्झौता र सहमति कार्यान्वयन अवस्था अनुगमन गर्नका लागि १५ दिनभित्र उच्चस्तरीय अनुगमन समिति गठन गर्ने पनि सहमतिमा उल्लेख गरिएको छ।

यस्तो छ सरकार र डा. केसीबीच भएको १२ बुँदे सहमति:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.