|
Photo : bbc.com

  • गोविन्द महतो-

जनकपुरधाम : मिथिलाको धार्मिक एवम् ऐतिहासिक रामजानकी विवाहपञ्चमी महोत्सव धुमधामका साथ आइतबार मनाइँदै छ।

त्रेता युगमा मिथिलाका राजा जनककी छोरी सीता र अयोध्यका राजाका छोरा रामको विवाह भएको दिनको सम्झनामा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमी तिथिका दिन विधिवत रुपमा विवाह महोत्सव मनाइने गरिन्छ। 

महोत्सवमा सहभागी हुन नेपालको विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारत बिहार राज्य लगायत अन्य प्रदेशहरुबाट समेत लाखौ श्रद्धालुहरु भक्तजनहरु जनकपुर आउने गर्दछन। जानकी मन्दिरबाट निस्केको सीताको डोला र राम मन्दिरबाट निस्केको भगवान रामको डोला जनकपुरको ऐतिहासिक बाह्रविग्घा रंगभूमि मैदान पुगी स्वयम्वर गर्ने परम्परा रहेको छ।

उक्त स्वयंवर हेर्न बाह्रविघामा श्रद्धालुहरुको घुईँचो लाग्ने गर्दछ। डोलाको नेतृत्व जानकी मन्दिरको तर्फबाट महन्थ रामरोशन दास वैष्णव र राम मन्दिरको तर्फबाट मन्दिरका महन्थ राम गिरीले गर्नेछन्। 

त्रेता युगमा जुन प्रकारले राम सीताको विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरमा भएको थियो। त्यसै प्रकारले वर्तमानमा समेत राम जानकीको डोलालाई जनकपुरमा स्वयंवर गरि वैदिक परम्परा अनुसार विवाह गर्ने प्रचलन कायम रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.