|

काठमाडौं : सप्तरी जिल्ला प्रशासन कार्यालयमा गत मंसिर १२ गते विस्फोटक पदार्थ राख्ने दुई जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ। प्रहरीले बम राख्ने सिराहा गैरीपुरका ५० वर्षीय नथुनी यादव र सप्तरी प्रसवनीका ३० वर्षी भवानीप्रसाद यादवलाई पक्राउ गरेको हो। 

उनीहरुले गत मंसिर १२ गते विहान ११ बजेर २९ मिनेटमा सप्तरी जिल्ला प्रशासन कार्यालयको पावर व्याकअपको ब्याट्री रहेको कोठामा विस्फोटक पदार्थ राखेका थिए। खैरो रंगको झोलाभित्र तीन लिटरको प्रेसर कुकर बम फेला परेपछि नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको थियो।

विस्फोटक पदार्थ निष्क्रिय बनाउने क्रममा नेपाल प्रहरीका तीन जना र सेनाको कृष्णदल गण भलुवाही व्यारेकाका दुई सुरक्षाकर्मी घाइते भएका थिए। बम राखेको ठाउँबाट जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) समूहका अध्यक्ष जयकृष्ण गोइतद्वारा हस्ताक्षर भएको विज्ञप्ति पनि फेला परेको थियो। 

पक्राउ परेकाहरुलाई विस्फोटक पदार्थ ऐन २०१८ को दफा १० को १ (क) बमोजिम कारवाही अघि बढाइएको सप्तरीका प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.