|

काठमाडौं:   माथिल्लो त्रिशुलीमा दक्षिण कोरियाली कम्पनीले लगानी गर्ने भएको छ। लगानी सम्मेलनको क्रममा यो परियोजनामा लगानी गर्ने कोरियन कम्पनीले घोषणा गरेको हो। 

कोरियन कम्पनीका प्रतिनिधि ह्यापविन किमले सन् २०२४ सम्ममा आफूहरूले त्रिशूली हाइड्रो पावरको काम सकिसक्ने योजना बनाएको बताए। यो परियोजनाको लागि ६१५ मिलियन अमेरिकी डलर लगानी गर्ने कोरियन कम्पनीले जनाएको छ। 

नेपालमा जलविद्युत् लगानीमा संभावना देखिएको र प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत नेपाल राजनीतिक स्थिरता आएको र लगानीको वातावरण बनेको बताएकोले लगानी गर्न इच्छुक भएको किमले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.