|

काठमाडौं : कालीगण्डकी गोर्जमा चिनियाँ लगानीकर्ताले लगानी गर्ने भएको छ। लगानी सम्मेलनमा निजी क्षेत्रको तर्फबाट अघि सारिएको १६४ मेगावाटको यो परियोजनामा लगानी गर्न चीनको युनान सिन्ह्वा वाटर कम्पनी तयार भएको हो।  

कालीगण्डकी गोर्जका लागि नेपालको प्रवर्द्धक कम्पनी हाइड्रो सोलुसन कम्पनीका ज्ञानेन्द्रलाल प्रधान र युनान कम्पनीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। नेपाल लगानी सम्मेलनको क्रममा यो सम्झौतामा हस्ताक्षर गरिएको हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.