|

सन्दीप लामिछानेले दिल्ली क्यापिटलका लागि विकेट लिएका छन। सन्दीपले कोलकाता नाइट राइडर्सका निखिल नायकलाई ७ रनमा आउट गरेका छन।

पहिलो ओभरमा मात्र १ रन दिएका सन्दीपले व्यक्तिगत दोस्रो ओभरको चौथो बलमा विकेट लिएका हुन।

सन्दीप आइपिएल सिजन १२ मा पहिलोपटक प्लेइङ ११ मा परेका हुन। यसअघिका दुई खेलमा सन्दीप बेन्चमा बसेका थिए। 

आजको खेलमा दिल्लीका अन्य बलरले रन खर्चिरहेका बेला सन्दीपले भने दुई ओभर बलिङ गरेर एक विकेट लिँदै ७ रन मात्रै दिएका छन। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.