|

इन्डियन प्रिमियर लिग (आइपिएल)-१२ को १०औँ खेलमा दिल्ली क्यापिटललाई कोलकाता नाइट राइडर्सले १८६ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १८५ रन बनाएको थियो।

कोलकाताका लागि आन्द्रे रसेलले ६२ रन बनाएका थिए। त्यस्तै, दिनेश कार्तिकले ५० रन प्रहार गरे भने क्रिश लिनले २० रन बनाए। अन्य खेलाडीको प्रदर्शन राम्रो रहेन।

दिल्लीका लागि हर्षल पटेलले २ विकेट लिएका थिए। सन्दीप लामिछाने, कगिसो रवाडा, क्रिश मोरिस र अमित मिश्राले समान १-१ विकेट लिएका थिए। एक विकेट सन्दीपको बलमा रनआउट भएको थियो।

दिल्लीले अबको केही बेरमा जवाफी ब्याटिङ गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.