|

ओखलढुंगा : जिल्लाको  मानेभञ्‍ज्या‍ङ गाउँपालिका-६ को दरुवापिप्ले खोलामा यात्रुवाहक जिप दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

आइतबार दिउँसो साढे १२ बजेतिर सोलु्खुम्बुबाट काडमाण्डौ आउँदै गरेको बा १६ च २२०६ नम्बरको जिप सडकबाट झण्डै ५ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुुंगाले जनाएको छ। दुर्घटनामा घाइते ३ जनाको अवस्था गम्भीर रहेको छ। उनीहरुको उदयपुरको घुर्मीमा उपचार  भइरहेको घटनास्थलमा रहेका प्रहरी चौकी हर्कपुरका प्रहरी हवल्दार लक्ष्मण शाहले जानकारी दिए। अहिले घटनास्थलमा हर्कपुर प्रहरी चौकीबाट प्रहरी टोली पुगिसकेको र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ जाँदै गरेको बताइएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.