|

सिन्धुली :  विज्ञ शिक्षकको चरम लापरबाहीका कारण सिन्धुलीमा सन्चालन भइरहेको कक्षा ८ को सबै विषयको परीक्षा रद्द गरिएको छ। 

जिल्लाको गोलन्जोर गाउँपालिकामा १० गते आइतबारबाट सञ्चालन भएको कक्षा ८ को जिल्ला स्तरीय परीक्षाको प्रश्नपत्र छनौटमा विज्ञले चरम लापरबाही गर्दा परीक्षा स्थगित गर्नु परेको हो। गोलन्जोर गाउँपालिकाका लागि कक्षा ८ को जिल्ला स्तिरीय परीक्षा संचालनका लागि गाउँपालिकाले विज्ञ शिक्षकको छनाेट गरी प्रश्नपत्र तयार पार्न लगाएको थियो। तर ती विज्ञहरूले कक्षा ८ को सबै विषयको प्रश्नपत्र अघिल्लो वर्षको कक्षा ८ को हुबहु छपाई गरेको पाइएपछि सबै विषयको परीक्षा रद्द गर्न बाध्य भएको उक्त गाउँपलिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरी न्यौपानेले जानकारी दिए।

परीक्षा रद्द भएसँगै उक्त गाउँपालिकाका १४ माध्यमिक विद्यालयका ४८८ जना विद्यार्थी प्रभावित भएका छन्। विज्ञले मोरङ जिल्लाबाट नमुना प्रश्न मगाएर छपाई गरी ल्याए पनि उक्त प्रश्नपत्रहरू २०७४ सालको जिल्लास्तरीय परीक्षाको भएको विद्यार्थीले नै पत्ता लगाएका थिए। परीक्षा सम्पन्न हुने दिन परीक्षा रद्द गरी पुनः परीक्षा गराउने निर्णयले आफूहरू दुखित भएको भन्दै विद्यार्थीले सोमबार गाउँपालिकामा पुगेर विरोध जनाएका छन्। 

गाउँपालिकाले रद्द गरिएको परीक्षा चैत १० गतेबाट सञ्चालन भई १८ गते सम्पन्न हुँदै थियो। तर रद्द भएको परीक्षा भने मंगलबार बिहान १० बजेबाट पुनः संचालन भई आगामी २६ गते मंगलबार सम्पन्न हुने बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.