|

काठमाडौं : अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास)ले युरोपस्तरीय गायन तथा नृत्य प्रतियोगिता बेल्जियमको विर्लिकमा सम्पन्न गरेको छ।

गायन विधातर्फ डेनमार्कका रविन दाहाल विजयी भएका छन् भने फष्ट रनरअपसमेत डेनमार्ककै सन्तोष लामिछानेले जितेका छन्। बेल्जियमका आश्रीत अधिकारी सेकेण्ड रनरअप जित्न सफल भए। 

यस पटकको प्रतियोगितामा नृत्यतर्फ सयुक्तरूपमा बेल्जियमका मिङ्ग्मा शेर्पा र रस्किन दाहाल विजयी बने। फष्ट रनरअप जर्मनीकी देवकी मगर बनिन् भने सेकेण्ड रनरअप नेदरल्याण्डकी अन्जिला रोका बनिन्।

गायन विधातर्फ एघार जना र नृत्यमा पन्ध्र प्रतियोगीहरूले भाग लिएका थिए। राति अबेरसम्म भएको  कार्यक्रमलाइ युरोप भरि बस्ने कलाप्रेमी नेपालीहरूले महत्वका साथ हेरेका थिए। खचाखच भरिएको हलका दर्शकहरूले आ-आफ्नो देशका कलाकारहरूको हौसला बढाउन कम्मर कसेर लागेका देखिन्थे। 

कार्यक्रमको प्रमुख अतिथि बेनेलक्सका लागि नेपाली राजदुत महामहिम लोक बहादुर थापा थिए। विशिष्ट अतिथिहरूमा एनआरएन केन्द्रीय उपाध्यक्ष सपिला राजभण्डारी, एनआरएन केन्द्रीय सचिब जानकी गुरुङ, एनआरएनए युरोप संयोजक शिव बरुवाल, आइसिसी सद्स्य पदम गुरुङ, एनआरएनए बेल्जियम अध्यक्ष लोक दाहाल, एनआरएन नेदरल्यान्डका अध्यक्ष मनोहरी शर्मा, एनआरएन जर्मनी अध्यक्ष बिजय मोक्तान लगायत विभिन्न नेपाली एवं बेल्जियन संघ संस्थाका प्रतिनिधिहरू रहेका आयोजकले जनाएको छ।

इनास बेल्जियमका अध्यक्ष श्याम श्रेष्ठ तथा सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरूको व्यवस्थापनमा भएको कार्यक्रमको सन्चालन विनिता रिमाल, सोफिया महर्जन कार्की, देवश्री कोइरालाले गरेका थिए। इनास युरोपको सक्रिय युवा पुरस्कार विनोद चिपालु बेलायतलाई  प्रदान गरिएको छ।

यूरोपस्तरीय प्रतियोगितामा यस वर्ष बाह्र देश चेक रिपब्लिक, फ्रान्स, जर्मनी, स्पेन, फिनल्याण्ड, नेदरल्याण्ड, स्वीट्जरल्याण्ड, डेनमार्क, बेलायत, इटाली बेल्जियमबाट प्रतियोगीहरूको सहभागिता रहेको थियो। प्रतियोगिता हरेक वर्ष आयोजना गरिने गरेको आयोजकले जनाएको छ।

कार्यक्रममा निर्णायक मण्डल साथै प्रस्तुति दिने अतिथी कलाकारहरूमा शर्मिला बर्देवा, चरण प्रधान, सपन कुमार राई लगायत थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.