सम्झौताविपरीतका सबै टहरा भत्काउँछौँ : महानगर

|

काठमाडौं : रत्नपार्कस्थित पुरानो बसपार्कमा भ्यु टावर निर्माण कम्पनी जलेश्वर स्वछन्द बिकोई बिल्डर्सले सम्झौताविपरीत सटरहरू निर्माण गरेको छ। कम्पनीले काठमाडौं महानगरपालिकासँग गरेको सम्भौताविपरीत खुलामञ्चमा व्यावसायिक सटरहरू निर्माण गरेर भाडामा लगाउने तयारी गरेको हो।

जलेश्वर स्वछन्द कम्पनीका प्रतिनिधि भैरव भेटवालले काठमाडौं महानगरपालिकासँग भएको सम्झौताअनुसार नै सटर निर्माण गरिएको बताए। 'यो सबै सटरहरू जलेश्वर कम्पनीले बनाएको हो', उनले भने, 'कम्पनीले महानगरसँग सित्तैमा सम्झौता गरेको होइन।' सटरहरू सबै सहमतिमा भएबमोजिम निर्माण भएको उनको दाबी छ।

तीन वर्षको लागि भाडामा लिएको भन्दै उनले वर्षको ५० लाख तिरेर यो ठाउँ भाडामा लिएको बताए। 'यत्तिक्कै भाडा तिर्न सकिँदैन', उनले भने,' भाडा तिर्नका लागि सटर भाडामा लगाउन लागिएको हो।'

उक्त अस्थायी टहराहरू तीन वर्षको लागि बनाएको भेटवालले जानकारी दिए। उनले महानगरसँगको सहमतिबमोजिम नै व्यावसायिक सटरहरू निर्माण गरेको बताए। उनले उक्त विषयमा महानगरपालिकाका प्रतिनिधिहरू पूर्ण जानकार रहेको जिकिर गरे। 

सम्झौताविपरीतका सबै टहरा भत्काउँछौँ : महानगर

यता, महानगरपालिकाले भने भ्यु टावर निर्माण गर्ने मात्रै सम्झौता मात्र भएको भन्नै कम्पनीले अनाधिकृत रूपमा टहरा वा सटरहरू बनाएको भए कानुनी कारबाही हुने जनाएको छ। काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले कम्पनीसँग बसपार्क क्षेत्रमा २-३ वटा यात्रु प्रतीक्षालय निर्माण गर्ने सहमति भएको बताए।

'खुलामञ्चमा निर्माण भएको सबै संरचना सम्झौताविपरीत हुन्', उनले भने, 'यसरी निर्माण गर्नु भनेको राज्यको नियम नमान्नु हो।' सम्झौताविपरीत निर्माण गरिएका सबै सटरहरू भत्काइने उनले बताए। कम्पनीलाई तीनवटा प्रतीक्षालय बनाउँन दिएको बताउँदै जबरजस्ती गरेर २५ वटा संरचना बनाएको भए भत्काइने उनको भनाइ छ।  

२०७१ माघमा काठमाडौं महानगरपालिकाले उक्त कम्पनीसँग भ्यु टावर निर्माण गर्न सम्झौता गरेको थियो। भ्यु टावर निर्माणका लागि तीन अर्ब लागत लाग्ने अनुमान गरिएको छ। भ्यु टावर तीन वर्षमा निर्माण गरिसक्ने सम्झौतामा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.