|

काठमाडौं : विभिन्न विषयका प्रश्नपत्र बाहिरिएपछि स्थगित भएको प्रदेश-२ को एसइई परीक्षा आजदेखि सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले स्थगित परीक्षाहरु आज सुरु गरी २९ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको थियो।

विद्यार्थीले आज विज्ञान विषयको परीक्षा दिएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। भोलि २३ गते सामाजिक अध्ययन, २४ गते स्वास्थ्य तथा जनसंख्या, २५ गते ऐच्छिक प्रथम, २६ गते ऐच्छिक द्वितीय र २७ देखि २९ गतेसम्म प्राविधिक विषयहरुको परीक्षा हुने प्रदेश २ को शिक्षा निर्देशनालयले जनाएको छ। प्रदेश–२ मा विज्ञान र सामाजिक अध्ययन विषयको प्रश्नपत्र परीक्षाअगावै लगातार बाहिरिएपछि प्रदेश सरकारले तत्कालका लागि परीक्षा स्थगित गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.