|
सप्तकोसीमा परीक्षण गरिएको बोट।

उदयपुर : सिंगापुर तथा थाइल्याण्डमा जस्तै नेपालमा पनि पहिलोपटक दुई नदीबाट रिभर फन अर्थात् नदीजन्य मनोरञ्‍जन सुरु हुने भएको छ। सप्तकोसी र नारायणी नदीमा यही आउँदो वैशाख १ गतेबाट रंगमहल रिर्भर ल्याण्ड प्राइभेट लिमिटेड उदयपुरले तीन प्रकारका बोट सञ्चालनमा ल्याएर रिभर फन सुरु गर्ने भएको हो।

नेपालमा पनि जल पर्यटनको सम्भावना देखाउन दुई नदीमा एकसाथ रिभर फन सञ्चालनमा ल्याउन लागेको नव पर्यटन व्यवासायी तथा रङ्गमहल रिभर ल्याण्डका अध्यक्ष रमण भट्टराईले जानकारी दिए। ‘हामीले सिंगापुर, थाइल्याण्ड जाँदा समुद्रमा जसरी समुद्र  सफारी गर्छौं,’ उनले भने, ‘त्यसैगरी सप्तकोसी र नारायणी नदीमा जल पर्यटनको लागि रिभर फनको व्यवस्था सञ्चालन गर्न लागेका हौँ।’

नेपाली नदीमा पनि जल पर्यटनको सम्भावना भएकाले सप्तकोसी र नारायणी नदीबाट सुरु गर्न रिभर बोट, जेट स्किन र वनाना बोटको व्यवस्था गरिएको छ। ‘साढे चार करोड खर्च गरेर सप्तकोसी र नारायणी नदीमा एकसाथ रिभर फनको सेवा दिँदै छौ,’ उनले भने, ‘यही आउँदो वैशाख १ गतेदेखि विधिवत रुपमा उद्घाटन गर्ने छौ।’

उनका अनुसार सप्तकोसीमा दुई/दुई वटा रिभर बोट र जेट स्किन छ भने एकवटा वनाना बोट तयारी बनाइएको छ। यसैगरी, नारायणी नदीमा जेट बोट, बनाना र जेट स्किन एक/एकवटा तयारीमा राखिएको अध्यक्ष भट्टराईले बताए। जापान र चीनबाट ल्याइएको हो। ‘जेट स्किनमा सफर गरेको रु ४ सय, रिभर बोट ३ सय र बनाना बोटको २ सय लाग्ने छ,’ भट्टराईले विस्तृतमा भने, ‘एक जना पर्यटकले तीन बोटको सेवा दिन ७ सय ५० मात्र तिर्दा पुग्छ।’

तीनै प्रकारकार बोटेले दुईदेखि ४ किलोमिटरको दुरी दौडिने छ। नेपालमा नदीजन्य मनोरंजनका लागि कुनै पनि नीति नियम नभएकाले समस्या परेको गुनासो अध्यक्ष भट्टराईको छ।

सप्तकोसीमा कोसी पुलको आसपास उदयपुर सुनसरीको बीचमा रिभर फनको मज्जा लिन पाइने छ भने नारायणी नदीमा पनि चितवनको नारायघाटको नारायणी पुलको आसपास रिभर फनको व्यवस्था गरिएको भट्टराईको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.