|

काठमाडौं : नेपाल दूरसंचार प्राधिकरणले बिहीबारदेखि पब्जी खेलमा प्रतिबन्ध लगाएको छ। जिल्ला अदालत काठमाडौंको आदेशअनुसार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले अनुरोधमा प्राधिकरणले पब्जी खेलमा प्रतिबन्ध लगाउन सम्बन्धित निकायलाई बिहीबार परिपत्र गरेको हो।

पब्जि खेलबाट बालबालिका लगायतलाई मानसिक समस्या निम्त्याउने मनोचिकित्सकले बताएपछि यो खेलमा प्रतिबन्द लगाउने निर्णयमा प्राधिकरण पुगेको हो। प्राधिकरणले  इन्टरनेट सेवा प्रदायक, नेटवर्क सेवा प्रदायक र मोबाइल सेवा प्रदायकलाई पब्जी खेल खुल्ने साइटहरू तत्काल बन्द गर्न बिहीबार परिपत्र गरेको प्राधिकरणका सूचना अधिकारी उपनिर्देशक सन्दीप अधिकारीले थाहासंचार नेटवर्कलाई बताए। 

'बालबालिकासहित किशोरकिशोरलाई साइकोलोजिकल्ली इफेक्ट गर्ने देखिएकाले सिआइबीको अनुरोधमा पब्जि खुल्ने साईटहरू बन्द गर्न आजै परिपत्र गरेका छौं' अधिकारीले भने। पब्जि खेलकै कारण आफ्ना बालबालिका एकोहोरो हुनेसँगै निक्कै प्रभावित हुन थालेको गुनसोसहित अभिभावकहरू सिआइबीमा पुगेका थिए।

पब्जी इन्टरनेटमा खेलिने भिडियो खेल हो। यो अनलाइन खेलको उत्पादन दक्षिण कोरियाली भिडियो गेम कम्पनी ब्लूहोल मातहतको पब्जी कर्पोरेसनले गरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.