|

बाँके : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष हक्की प्रतियोगितामा प्रदेश ५ ले लगातार तेस्रो जित हासिल गरेको छ। सुदूरपश्चिम प्रदेशलाई २–१ ले पछि पार्दै प्रदेश ५ ले तेस्रो पटक जित निकालेको हो। 

प्रदेश ५ का शशी दर्लामीले खेलको १४ औँ मिनेटमा र मनिष गुरुङले ३९ औँ मिनेटमा गोल गरे। दर्लामीले पेनाल्टी कर्नरलाई गोलमा परिणत गरेर आफ्नो टिमको खाता खोलेका थिए। 

सोही खेलमा सुदूरपश्चिम प्रदेशका भीमदत्त भट्टले खेलको ४८ औँ मिनेटमा गोल फर्काए। दुवै टिमका खेलाडी आक्रामक रुपमा फिल्डमा प्रस्तुत भएका थिए। खेलमा खेलाडी घाइते समेत भए।

सुदूरपश्चिमका खेलाडीले राम्रो प्रदर्शन गरे पनि प्रदेश ५ ले एक गोल अन्तरले विजयी भएको मुख्य प्रशिक्षक विजयन्त शर्मा (पिन्टु) ले जानकारी दिए। 

कर्णाली प्रदेश घर फिर्ता    

शनिवार बिहान भएको कर्णाली प्रदेश र प्रदेश १ बीचको खेल बराबरी भएको छ। यो खेलसँगै कर्णाली प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ।

प्रतियोगिताको ५० औँ मिनेटमा कर्णाली प्रदेशका सुशान्त रावतले गोल गरेर खाता खोलेका थिए। खेलको ५४ औँ मिनेटमा प्रदेश १ का संजय राजवंशीले गोल फर्काएर खेललाई बराबरी बनाए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.