|

काठमाडौं : दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कको ३१ औं वार्षिकोत्सव तथा सार्क बडापत्र दिवस बिहीबार मनाईंदैछ। 

दक्षिण एशियाली क्षेत्रका देशहरुबीच क्षेत्रीय एकता बलियो बनाई शान्ति, स्थायीत्व र समृद्धि हासिल गर्न पहल गर्ने साझा मन्चका रुपमा सन् १९८५ डिसेम्बर मा सार्क स्थापनासँगै सार्क बडापत्रमा हस्ताक्षर भएको थियो। नेपाल, भारत, भूटान, बंगलादेश, पाकिस्तान, मालदिभ्स र श्रीलंका स्थापनाकालदेखिका सदस्य हुन् भने अफगानिस्तान थपिएपछि सार्क सदस्य संख्या ८ पुगेको छ। 

सार्क सचिवालय नेपालमा छ भने सार्कका वर्तमान महासचिव नेपालका अर्जुनबहादुर थापा हुन्। सार्कको स्थापना दिवस र सार्क बडापत्र दिवसका अवसरमा सन्देश दिंदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दक्षिण एसियाको चौतर्फी विकासका लागि सार्कका सदस्य मुलुकबीच बृहत्तर सहयोग अपरिहार्य भएको बताएका छन्। 

सार्कका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले यस क्षेत्रका जनताको विकासका आकाङ्क्षा पूरा गर्न सार्कले परिणाममुखी काम गर्नुपर्ने तथा विगतका निर्णय र प्रतिबद्धताको प्रभावकारी कार्यान्वयनमा जोड दिएका छन्। दक्षिण एशियाली देशहरुको साझा समस्याबारे काम गर्न स्थापना भए पनि सार्कले आफ्नो स्थापनाको ३ दशकको अवधिमा अपेक्षा अनुरुप काम गर्न सकेको छैन। 

पछिल्लो समय भारत र पाकिस्तानबीचको तनावको चपेटामा परेको छ। दुई देशबीचको आपसी विवादका कारण नोभेम्बरमा हुने तय भएको १९ शिखर सम्मेलन समेत स्थगीत भएको थियो। दुई देशबीचको विवादका कारण अरु देशका मुद्धाहरु ओझेलमा परेको भन्दै अरु सदस्य राष्ट्रहरुले तत्काल शान्तिपूर्ण समाधानमा जोड दिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.