|

चितवन : भरतपुर महानगरपालिका–४ लंकुमा रोकिराखेको ट्रकमा कार ठोक्किँदा ६ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

बाटो छेउमा रोकिराखेको ना ५ ख ७०८० नम्बरको ट्रकको अघिल्लो भागमा बा १९ च ३९०२ नम्बरको कार सोमबार राति ११ः४५ बजे ठोक्किएको प्रहरीले बताएको छ। दुर्घटनामा घाइतेमध्ये भरतपुर–१६ का कार चालक २८ वर्षीय अर्जुन गौतम र भरतपुर–१२ का ३८ वर्षीय दिनेश लामाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बाँकी चार जनाको अवस्था मध्यम रहेको छ।

घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। मादक पदार्थ सेवन गरेर कार चलाएकाले दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.