|

काठमाडौं : प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशचन्द्र थपलियालाई तीन महिनाभित्र उपनिर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरेका छन्। थपलियाले  सुनुवाइ समितिमा तीन महिनाभित्र उपचुनाव गराउने र आयोगलाई संघीयताअनुसार पुनसंरचना गर्ने प्रतिबद्धता जनाएका छन्।

समितिमा आफ्ना कार्ययोजना र अनुभव प्रस्तुत गर्दै उनले आफ्ना प्रमुख काममा स्थानीय तह प्रदेश र संघमा खाली रहेका जनप्रतिनिधिको सिटमा उपनिर्वाचन गर्ने बताए। तीनै तहमा गरी सयौँ जनप्रतिनिधिको पद खाली छ। उनले संघीयताअनुसार निर्वाचन आयोगको पुनसंरचना गर्नका लागि हाल जिल्लाअनुसार रहेको संरचनालाई स्थानीय तह र प्रदेश तहअनुसार गर्ने बताए।उपनिर्वाचनालाई सफल र धाँधलीरहित बनाउन आवश्‍क कानुनलाई पूर्णता दिने पनि उनले बताए।

विदेशमा रहेका नेपाली नागरिकहरूलाई मतदान गर्ने अधिकार दिनेबारे कसरी सम्‍भव हुन्छ यसबारे सकारात्मक रहेको पनि उनले बताए। निर्वाचन आयोगलाई  सूचना र प्रविधिको प्रयोग गर्दै समय सापेक्ष बनाउँदै लगिने पनि उनले बताए। समावेशी आयोगको सदस्यमा सिफारिस विष्णुमाया ओझाको पनि सुनुवाइ जारी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.