|

काठमाडाै‌ं : खेलाडी खेल्नका लागि नेपालगञ्ज आईसक्दा पनि खेल्ने ठाउँको तय भएको थिएन्। अन्तत: होटलको स्विमिङ पुलमानै पौडीको व्यवस्थापन गरियो। प्रतियोगिता स्थलहरुमा एक ठाउँबाट अर्को ठाउँ जाननै निकै सकस छ। किनकी सबै प्रतियोगिताहरु एकै स्थलमा नहुँदा राष्ट्रिय प्रतियोगिता झन्झटिलो बनेको छ।

राष्ट्रिय प्रतियोगितामा भन्ने वितिकै सबै प्रतियोगिता स्थर र ब्यबस्थापन भब्य होला भन्ने बुझिन्छ। तर नेपालगञ्जको कथा भने फरक छ। खेलाडीहरु सबै आफ्नो क्षेत्रबाट यहाँ प्रतियोगिता खेल्न आइसके। तर खेल स्थलको निमार्ण कार्य अहिलेसम्मपनि जारी छ। प्रतियोगिता स्थल हेर्दा लाग्छ। यो खेलका लागि अझै तयार हुन तीन महिना लाग्छ। तर अवस्था त्यस्तो छैन् किनकी प्रतियोगिता स्थलमा मेडलका लागि प्रतिष्पर्धा भइरहेको छ।

नेपालगञ्जस्थित नवनिर्मित पौडी पोखरीको। नेपालगञ्जमा दुई वर्ष अगाडि आठौं बृहत राष्ट्रिय खेलकुद घोषणा भएसँगै सुरु भएर अहिले सम्मपन भइसक्नु पर्ने हो । तर यो अवधिमा तीन पल्ट राष्ट्रिय प्रतियोगिताको मिति सारियो । यति गर्दा पनि नेपालगञ्जमा निर्धारित समयमा पौडी पोखरी निमार्ण कार्य सम्पन्न भएन।

आइतबारदेखि पौडीतर्फ ३४ स्वर्णका लागि खेल हुँदैछ। यो प्रतियोगितामा सहभागी हुन नेपाली पौडीकी युवा प्रतिभा गौरिका सिंह बेलायतबाट शुक्रबार नै नेपालगञ्ज पुगिसकेकी छिन्। उनको आकर्षणसँगै पौडीमा रोमाञ्चक्ता बढेको छ। नेपाल पौडी संघका अनुसार नेपालगञ्ज रंगशालामा आयोजना हुने पौडी खेललाई अब पोखरी तयार नभएसँगै अन्यत्र सारिएको छ। पधाधिकारीहरु पनि हतारमा भएको प्रतियोगिताले चिन्तित छन्।

‘हचुवाको भरमा खेलको प्रयास गर्दा मापदण्ड भन्ने कुरा छाँयामा पर्दो रहे छ। यो दिर्घकालिन खेलकुद समस्या बन्यो । प्रधानमन्त्री समृद्ध नेपालको नारा दिंदै हिंडदा खेल क्षेत्रमा भने उनको छवि धमिल्याउने प्रयास भयो।’ एक पधाधिकारीले भने। राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशव विष्टले भने सुरुवातबाटै बजेटको अभाव रहँदा समस्या भएको बताउँदै आएका छन्।

उनले अहिलेपनि परिषदले आबश्यक बजेट नपाएको धारणा राख्छन्। ‘अर्थमन्त्रालयले घोषित कार्यक्रममा पहिले नै बजेट निकास गरेको भए पूर्वाधार निमार्ण र समग्र ब्यबस्थापन फितलो हुँदैन थियो।,’  पुर्वाधार निर्माणका लागि मात्रै नेपालगञ्जमा ४७ करोड बढी बजेट बनाइएपनि पुर्वाधारमा सन्तोषजनक प्रगति नभएको मान्छन् स्थानिय खेलकर्मी।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.