|

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आफ्नो चौथो खेलमा  दिल्ली क्यापिटल्सबाट खेलेका सन्दीप लामिछानेले एक लाख भारु पाएका छन्।

शनिबार राति भएको खेलमा सन्दीप लामिछानेको महत्वपूर्ण तीन विकेटको मद्दतले दिल्लीले किंग्स इलाभेन पन्जाबलाई ५ विकेटले हराएको थियो।

 चार ओभर बलिङ गरेका सन्दीपले पञ्जावका विष्फोटक व्याट्सम्यान क्रिस गेल, साम करण र केएल राहुललाई पेभिलियन फर्काए। यो जितसँगै दिल्लीले १० खेलबाट १२ अंक बनाएको छ र तालिकाको तेस्रो स्थानमा छ। १० खेलबाट १० अंक बनाएको पन्जाब चौथो स्थानमा छ।

दिल्लीतर्फ सन्दीप लामिछाने सबैभन्दा सफल बलर बने। उनी सन्दीप स्टाइलिस प्लेयर अफ द म्याच बने। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.