|

इलाम : मेची नेत्रालय मेचीनगर गोल्डकपको चौथो संस्करणको प्रतियोगितामा सहभागी टिमको टुंगो लागेको छ। काँकडभिट्टा माविको खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा दुई विदेशीसहित १० टिम सहभागी हुने आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरका अध्यक्ष मीन बस्नेतले जानकारी दिए। 

बैशाख १२ देखि सुरु हुने प्रतियोगितामा भुटानको पारो एफसी र क्यामरुनको दाफिन्स क्लबसहित ए डिभिजनका थ्रीस्टार क्लब, संकटा क्लब, विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, भ्याली च्यासल क्लब रहने छन्। यस्तै, मोफसलका धरान फुटबल क्लब, माईभ्याली फुटबल क्लब, इलाम र आयोजक काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरको सहभागिता रहने छ।

प्रतियोगिताको बिजेताले १० लाख एक हजार र उपविजेताले पाँच लाख एक हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ। त्यस्तै, प्रतियोगिताका उत्कृष्ट फरवार्ड, मिडफिल्डर, डिफेन्स, गोलकिपर, उदीयमान खेलाडी र प्रशिक्षकले जनही २१ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। खेलको म्यान अफ दि म्याचलाई ११ हजार रुपैयाँ प्रदान गरिने भएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.