|

बाँके : आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पौडी प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण जितेको छ। नेपालगन्जमा आइतबार भएको प्रतियोगितामा चार स्पर्धाको प्रतिस्पर्धामा एनआरएनले एक स्वर्ण हात पारेका छ।

महिला ८०० मिटर फ्री स्टाइल स्पर्धामा आर्मीका उपास्ती महर्जनलाई पराजित गरी आर्मीकै गौरिका सिंहले स्वर्ण पदक हात पारिन्। उक्त विधामा नेपाल पुलिस क्लबकी शामिरा शोभा थापाले कास्यमा चित्त बुझाइन्।

त्यसैगरी, पुरुष ८०० मिटर फ्रिस्टाइल पौडी प्रतियोगितामा एनआरएनका नाथनध्वज श्रेष्ठले स्वर्ण पदक हात पारे। प्रतियोगितामा एपिएफका नासिर हुसैनले रजत र एपिएफकै अर्जिन महर्जनले कास्य पद हात पारे। 

महिला २०० मिटर बटरफ्लाई प्रतियोगितामा आर्मीकी दुआना लामाले स्वर्ण हात पार्दा एपिएफकी श्रीवी महर्जनले रजत र एपिएफकै दीया स्थापितले कास्यमा चित्त बुझाइन्। 

यस्तै, पुरुष २०० मिटर बटरफ्लाई पौडी प्रतियोगितामा आर्मीका अनुभव सुब्बाले स्वर्ण जिते। उनले दुई मिनेट २० सेकन्डमा दूरी पार गरे। एनआरएनका नथनध्वज श्रेष्ठले दुई मिनेट २३ सेकन्डमा दूरी पार गरी रजत र पुलिसका सैयद हमजा शाहले कास्य पदक जिते।

अपराह्न ४ बजे अन्य स्पर्धाको फाइनल खेल हुने भएको आयोजकले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.