रामेछाप : सोलुखुम्बुको लुक्ला विमानस्थलबाट आएको तारा एअरलाइन्सको विमान रामेछाप विमानस्थलमा ल्यान्ड हुने क्रममा ठूलो दुर्घटना हुनबाट जोगिएको छ।
काठमाडौंबाट सोलुखुम्बुको लुक्लाका लागि बिहान ८ बजेर ५० मिनेटमा उडेको विमान मौसम अनूकल नभएकाले अवतरण हुने क्रममा ७०० मिटर परबाटै रन वे छाडेर बारको छेउको तारबारमाथि पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।
प्रहरीका अनुसार विमानमा सवार सबै यात्रु सकुशल छन्। विमानमा १४ जना यात्रु र चालक दलका सदस्यसहित १७ जना थिए। विमानको अगाडिको चक्का धसेको र हाइड्रोलिक फेल हुनुबाहेक अन्य क्षति नभएको प्रहरीले जनाएको छ। विमान बिहान ९ बजेर ४० मिनेट जाँदा अवतरणको क्रममा चिप्लिएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।