|

काठमाडौं : ओपोले आफ्नो एफ सिरिज पोर्टफोलियो अन्तर्गत नेपालमा नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले एक समारोहको आयोजना गर्दै आपो एफ ११ प्रो सार्वजनिक गरेको हो ।

कम प्रकाश भएका स्थानमा समेत उत्कृष्ट तस्विर खिच्ने क्षमता लगायत अन्य नव प्रवर्द्धनात्मक प्रविधि फोनमा समाहित गरिएका छन् । एफ ११ प्रोमा उपभोक्तालाई सहज र उत्कृष्ट प्रयोग अनुभव प्रदान गर्ने सोचका साथ ४८एमपी अल्ट्रा-क्लियर क्यामेरा प्रणाली, राईजिङ क्यामेरा, पानोरामिक स्क्रिनपनि उपलब्ध गरिएका छन् ।

एफ ११ प्रो थण्डर ब्ल्याक र अउरोरा ग्रिन गरी दूई चहकिला रंगमा उपलब्ध गरिएको छ । एफ११ प्रोका लागि आयोजित बृहत्त सार्वजनिक समारोह मार्फत कम्पनीले एफ११ र एफ११ प्रो मार्भेल्स एभेन्जर्स लिमिटेड एडिसन पनि सार्वजनिक गरेको छ । समारोहमा दिइएको जानकारी अनुसार सबै फोनका लागि अप्रिल २३ देखि २८ सम्म प्रि-अर्डर अवधि तोकिएको छ । सार्वजनिक सबै फोनहरु अप्रिल २९ देखि सर्वत्र बजारमा उपलब्ध हुने कम्पनिले जनाएको छ ।

‘ओप्पो एफ११’ को बजार मूल्य ३७ हजार ९९० रहेको छ। ‘ओप्पो एफ११ प्रो’को बजार मूल्य ४७ हजार ९९० रुपैयाँ छ भने ‘ओप्पो मार्बेल्स’को बजार मूल्य ४९ हजार ९९० रुपैयाँ रहेको छ ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.