|

म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लीग उपाधि भिडन्त बलियो बनाएको छ। डर्वीमा भएको भिडन्तमा  म्यानचेस्टर युनाइटेडलाई हराएपछि प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ।

पछिल्लो समय सिटीले बलिया टीमहरु टोटनह्याम र युनाईटेडलाई हराएसँगै सिटीको उपाधि संभावना बलियो बनेको हो। म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि उसकै मैदानमा २–० को जित निकाल्न सफल भयो। जितसँगै सिटीको ३५ खेलबाट ८९ अंक भएको छ। त्यस्तै सिटीले दोस्रो स्थानको लिभरपुललाई एक अंकले पछि पार्न सफल भयो। लिभरपुलको समान खेलबाट ८८ अंक छ।

सिटीसँगको हारपछि म्यानचेस्टर युनाइटेडले शीर्ष चारमा पर्ने मौका गुमाएको छ। म्यानचेस्टर ३५ खेलबाट ६४ अंक जोडेर छैटौ स्थानमा छ। म्यानचेस्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्ड बुधबार राति भएको खेलमा पाहुना टोलीलाई पहिलो हाफमा बराबरीमा रोक्न सफल भएपनि दोस्रो हाफमा रोक्न सकेन।५४औं मिनेटमा बर्नाडो सिल्भाले इकेए गुन्डोगानको पासमा गोल गर्दै सिटीलाई अग्रता दिलाए। ६६औं मिनेटमा लिरोए सानेले रहिम स्ट्रलिङको पासमा गोल गर्दै सिटीलाई २–० को अबस्थामा पुर्याए। जुन अग्रतानै निर्णायक बन्यो।

प्रिमियर लिगमा अब तीन चरणको खेल बाँकी रहँदा सिटी र लिभरपुल उपाधि दौडमा सँगसँगै छन्। दुवै टोलीले बाँकी तीन खेल जिते सिटी च्याम्पियन बन्नेछ। लिभरपुल च्याम्पियन बन्न सिटीले अंक गुमाउनु पर्नेछ। सिटीले बर्नली, लेस्टर सिटी र ब्राइटनसँग खेल्न बाँकी छ। लिभरपुलले हडर्सफिल्ड, न्यु क्यासल र वल्भ्ससँग खेल्न बाँकी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.