|

भक्तपुर : भूकम्प गएको चार वर्ष बितिसक्दा पनि भक्तपुरमा अझै चार हजार पीडितले राहत बापतको पहिलो किस्ता पाएका छैनन्। २०७२ बैशाख १२ मा गएको भूकम्पले क्षति पुर्‍याएका २८ हजार ३०८ मध्ये चार हजार लाभग्राहीले पहिलो किस्तासमेत पाउन सकेका छैनन्। 

भूकम्पले क्षति गरेका निजी घरहरुमध्ये भक्तपुर नगरपालिकामा ६ हजार ८८८, चाँगुनारायण नगरपालिकामा १० हजार २०३, मध्यपुर थिमि नगरपालिकमा दुई हजार २५४ र सूर्यविनायक नगरपालिकमा ६ हजार ७२१ गरी कुल २६ हजार ६६ घर पहिलो चरणमा पहिचान भएका लाभग्राहीको सूचीमा सूचीकृत भएका थिए।

त्यसैगरी गुनासो फर्स्यौटबाट भक्तपुर नगरपालिकामा ५९७, चाँगुनारायणमा ४४४, मध्यपुर थिमिमा ४६ र सूर्यविनायकमा ४९१ लाभग्राही थप भएको थियो। छुट सर्भे तथा पुनः जाँचबाट भक्तपुरमा १३७, चाँगुनारायणमा २९०, मध्यपुर थिमिमा ३३ र सूर्यविनायकमा २०४ लाभग्राहीको सूचीमा सूचीकृत भएका थिए।

लाभग्राहीमध्ये २४ हजार ३५८ जनाले मात्र अनुदान सम्झौता गरेका छन्। त्यसमध्ये भक्तपुर नगरपालिकामा ५ हजार ६०७, चाँगुनारायण नगरपालिकामा ९ हजार ७१२, मध्यपुर थिमिमा २ हजार ५९ र सूर्यविनायकमा ६ हजार ९६९ लाभग्राहीले पहिलो किस्ता बुझेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण भक्तपुरका प्रमुख धुव्र गैडाले जानकारी दिए। ‘भक्तपुर सानो जिल्ला भएका हिसाबले हामीले वडा वडामा गएर बुझ्दा पनि पहिलो किस्ता दिन नसकेको बताए।’ 

उनले भने, ‘यो हुनुका मुख्य कारण अधिकांश लाभग्राहीहरु अन्यत्र बसाइँ सरेको, जग्गा विवाद र बहुस्वामित्व भएका कारणले सम्पर्कमै नआएका कारण पहिलो किस्ता लिन नआएका हुन्।’ 

पहिलो किस्ता लिनेमध्ये भक्तपुर नगरपालिकामा १ हजार ६१७, चाँगुनारायण नगरपालिकामा ३ हजार ८६, मध्यपुर थिमिमा ६६१ र सूर्यविनायकमा २ हजार ४९९ जना गरी कुल ७ हजार ८८३ लाभग्राहीले दोस्रो किस्ता बुझेका छन्। 

त्यसैगरी भक्तपुर नगरपालिकामा १ हजार ४३१, चाँगुनारायणमा २ हजार ८४१, मध्यपुर थिमिमा ६१३ स सूर्यविनायकमा २ हजार ३१९ जना गरी कुल ७ हजार २0५ जनाले तेस्रो तथा अन्तिम किस्ता बुझेको प्रमुख गैडाले बताए।

प्रवलLकरणबाट थपिए ४१४

भक्तपुरमा प्रवलLकरण र छुट सर्भे तथा पुनः जाँचबाट भक्तपुर नगरपालिकामा १४८, चाँगुनारायणमा २१२, मध्यपुर थिमिमा १०१ र सूर्यविनायकमा २३३ गरी कुल ६९४ लाभग्राहीको सूचीमा थप भएकोमा त्यसमध्ये २८७ लाभग्राहीले अनुदान सम्झौता गरी पहिलो किस्ता वापतको रकम बुझेको प्राधिकरणले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.