|
File Photo

श्रीलंकामा भएको विनाशकारी विस्फोटनका घटनामा दोषी ठहर गर्दै राजीनामाका लागि राष्ट्रपतिले दिएको दवाबपछि उच्च सुरक्षा अधिकारीहरूले बिहीबार राजीनामा दिएका छन्।          

आत्मघाती हमलामा परी झण्डै ३६० जनाको मृत्यु भएकोमा त्यसलाई नियन्त्रण गर्न सुरक्षा अधिकारीहरूले पर्याप्त प्रयास नगरेको उच्च सरकारी अधिकारीहरूको ठहर छ।    

बर्खास्त गर्ने निर्णय भएकाले तत्काल पदबाट राजीनामा दिन राष्ट्रपति मैत्रीपाला सिरिसेनाले केही उच्च सुरक्षा अधिकारीहरूलाई यसअघि नै निर्देशन दिएका थिए।

उनको निर्देशनअनुसार नै सैन्य कर्मचारीतन्त्रका अति वरिष्ठ सरकारी अधिकारी हेमासिरि फेर्नान्डोले राष्ट्रपति सिरिसेनालाई राजीनामा पठाए।

नाम नबताउने शर्तमा राष्ट्रपति कार्यालयका एक अधिकारीले भने 'हेमासिरिले घटनामा आफ्नो दोष रहेको स्वीकार गर्दै राष्ट्रपति सिरिसेनालाई राजीनामा बुझाउनु भएको छ।'    

श्रोतका अनुसार अन्य केही उच्च अधिकारीहरू पनि राजीनामाको तयारीमा रहेका छन्।    

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.