|

जनकपुरधाम : धनुषाको शहीद नगरपालिकामा मट्टीतेल छर्केर नवविवाहितालाई श्रीमानले जलाएको घटनाको एक साता नबित्दै सिरहामा पुन: एक महिलालाई जलाइएको छ। 

घरायसी विवादमा सिरहा नगरपालिका ८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई जिउँदै जलाइएको छ। बिहीबार बिहान करिब ११ बजे घरायसी विवादमा कञ्चनलाई जिउँमा आगो लगाएर जलाइएको छ। आगोले शरीरको ८० प्रतिशत भाग जलेकोले कञ्चनको अवस्था गम्भीर रहेको चिकित्सकलाई उद्धृत गर्दै प्रहरीको भनाइ छ। 

घटनापश्चात् कञ्चनका पति बेचन मण्डल खत्वे फरार भएका छन् भने सासूलाई नियन्त्रणमा लिएको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए। कञ्चनलाई घटनाकै बेला उद्धार गरेर प्रहरीले उपचारको लागि धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठान पठाए पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको थियो।

कञ्चनदेवीको शरीरको अधिकांश भाग जलिसकेकाले धरामा उपचार सम्भव नभएपछि उपचारको लागि काठमाडौंस्थित 'रेफर' गरिएको छ। प्रहरी उपरीक्षक श्रेष्ठका अनुसार भने, ‘घटना बिहीबार विहान ११ बजेतिरको हो। घरायसी विवाद हुँदा घरमा आगोले जलेको अवस्थामा कञ्चन फेला परिन्। हामीले तत्कालै कञ्चनलाई उपचारको लागि धरान पठायौँ। तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौं पठाएका छौँ। हामी घटनाको अनुसन्धानका लागि कञ्चनकी सासूलाई नियन्त्रणमा लिएका छौँ।

पति बेचन फरार छन्। उनको पनि खोजी जारी रहेको छ। घटना कसरी भएको हो भन्ने यकिन अहिलेसम्म भएको छैन। अनुसन्धानमा लागिरहेका छौँ।’

यता गत वैशाख ५ गते मात्र धनुषाको शहिदनगर नगरपालिका– १  पुर्वारी टोलमा चिरैयाकी २० वर्षिया नवविवाहिता निर्मला यादवलाई पति मुकेश यादव गोइतले जिउमा मट्टीतेल खन्याएर आगो लगाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.