|

काठमाडौं : शुक्रबार महानगरबासीले खुल्ला मञ्चमा अनाधिकृत रूपमा निर्माण भएको सटर हटाउनको लागि काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई ज्ञापनपत्र बुझाएका छन्। महानगरपालिकामा परिसरभित्र एक कार्यक्रम गरी लिभेबल काठमाडौंका संयोजक सुसान वैद्यले ज्ञापनपत्र बुझाएका हुन्।

ज्ञापनपत्र बुझ्दै काठमाडौं महानगरपालिकाको प्रमुख शाक्यले उपप्रमुखलाई अनुगमन गरेर रिपोर्ट बुझाउन आदेश दिएको बताए। उनका अनुसार रिपोर्ट बुझाउन शुक्रबार पत्र काटेर उपप्रमुखलाई पठाएको हो। अध्ययन गरेर के हो बुझेर कारवाही प्रक्रिया बढाउने शाक्यले बताए। उनका अनुसार सम्झौतामा भएबमोजिम काम भएको छ छैन अध्ययन गरिन्छ। सम्झौतामा भएबमोजिम भए/नभएको अध्ययन गरेर कम्पनीलाई कारवाही गरिने उनले बताए।

राजधानीको खुलामञ्चमा जलेश्वर स्वचछन्द कम्पनीले सम्झौताविपरीत सटरहरू निर्माण गरेको स्थानीयको आरोप छ। उनीहरूले महानगरले खुलामञ्च बिक्री गरेको आरोप लगाउँदै आएका छन्। सोही अभियानअन्तर्गत शुक्रबार परिसरमा पुगेर स्थानीयले प्रमख शाक्यलाई ज्ञापनपत्र बुझाएका हुन्।

नगर प्रमुख शाक्यले उपप्रमुख हरिप्रभा खड्गीलाई २४ खुल्लामञ्चमा निर्माण गरिएका सटरहरूको अनुगमन गरेर रिपोर्ट ल्याउन आदेश दिएको उनले बताए। 'प्रमुखको काम भनेको व्यवस्थापन गर्ने काम हो' उनले भने, 'म भनेको अभिभावक हो, मैले आदेश दिने हो। मैले गएर केही गर्ने होइन्।'

यसैबीच, उनले उपप्रमुख खड्गीले खुल्ला मञ्चको विषयमा असहयोग गरेको आरोप लगाएका छन्। कांग्रेसको काठमाडौं क्षेत्र नम्बर ६ का सांसद एवं पूर्वमन्त्री भीमसेन दास प्रधानको समेत उपस्थिति थियो। भीमसेन दासले आफूमाथि नकारात्मक टिप्पणी गरेको भन्दै आक्रोशित हुँदै उनले भने, 'तपाईं भनेको हिजोको काठमाडौं महानगरको प्रमुखको उम्मेदवारको दाबी भएको मान्छे हो। मुख छोडदैमा, गाली गर्दैमा सुहाउँदैन मलाई पनि विशेषण मिसाएर बोल्न आउँछ।'

यता, सांसद प्रधानले नगर प्रमुखले भनेको आफूहरू मान्न तयार रहेको बताए। यद्यपि काठमाडौं महानगर क्षेत्रमा खुल्ला ठाउँ मासिन्दै गएको प्रति उनले गुनासो राखेँ। त्यस्तै, महानगरपालिका भित्र हुने राम्रा काममा सधैँ आफूहरूको सहयो गरने लिबेभल काठमाडौंका संयोजक शुसान वैद्यले बताए।

गैरकानुनी रूपमा खुलामञ्चमा ५२ वटा सटर निर्माण गरिएको स्थानीयको दाबी छ। पुरानो बसपार्कमा काठमाडौं भ्यू-टावर निर्माणको ठेक्का पाएको कम्पनी जलेश्व स्वच्छन्द विकोइ कम्पनीले ती सटरहरू निर्माण गरेको हो। स्थानीयहरूले उक्त कार्य गैरकानुनी भएको भन्दै हटाउन आग्रह गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.