जीवनसँग संघर्ष गर्दै श्रीमानले जलाएकी निर्मला
जीवनसँग संघर्ष गर्दै श्रीमानले जलाएकी निर्मला
जनकपुरधाम : घरायसी विवादमा सिरहामा आफ्नै श्रीमानबाट जिउँदै जलाइएकी महिलाको उपचारको क्रममा मृत्यु भएको छ। सिरहा जिल्लाको सिरहा नगरपालिका ८ की २१ वर्षीया कञ्चनदेवी मण्डल खत्वेलाई उनका श्रीमान बेन मण्डलले जिउँदै जलाएका थिए। खत्वेको पचारको क्रममा शुक्रबार मृत्यु भएको हो।
बिहीबार बिहान करिब ११ बजेको समयमा घरायसी विवादमा कञ्चनको जिउँमा आगो लगाइएको थियो। आगोले शरीरको ८० प्रतिशत भाग जलेकोले कञ्चनको अवस्था गम्भीर रहेकोमा उनको काठमाण्डौंमा उपचारको क्रममा निधन भएको हो।
कञ्चनलाई घटना भएको तत्कालि उद्धार गरेर प्रहरीले उपचारको लागि धरान स्थित विपी कोइराला विज्ञान प्रतिष्ठान पठाइए पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौं रेफर गरिएको थियो। उपचाररत मण्डलको काठमाण्डौंमा निधन भएको अधिकारकर्मी रिता साहले जानकारी दिइन।
घटनापश्चात कञ्चनका पति बेचन मण्डल खत्वे फरार भएका छन् भने सासुलाई नियन्त्रणमा लिइएको सिरहाका प्रहरी उपरीक्षक जीवन श्रेष्ठले जानकारी दिए।
प्रहरी उपरीक्षक श्रेष्ठले भने, ‘घटना बिहीबार बिहान ११ बजेको हो। घरायसी विवाद हुँदा घरमा आगोले जलेको अवस्थामा कञ्चन फेला परिन्। हामीले तत्कालै कञ्चनलाई उपचारको लागि धरान पठायौं। तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौं पठाएका थियौं। तर अहिले मृत्यु भएको दुःखद खबर आयो।’
घटनाको अनुसन्धानको लागि कञ्चनकी सासुलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने, फरार पतिको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ।
जीवनसँग संघर्ष गर्दै धनुषाकी निर्मला
यसअघि धनुषाकै शहिद नगरपालिकामा एक नवविवाहिता निर्मला यादवलाई उनका श्रीमानले मट्टीतेल छर्केर जलाएको थियो। गत वैशाख ५ गते धनुषाको शहिदनगर नगरपालिका ११ मा २० वर्षिया नवविवाहिता निर्मला यादवलाई पति मुकेश यादव गोइतले जिउँमा मट्टीतेल छेर्कर आगो लगाएका थिए। घरायसी विवादको क्रममा घरमा कोहि नभएको मौका छोपी लागुऔषध सेवनको कुलतमा फसेका मुकेशले निर्मलाको हातखुट्टा बाँधेर जिउमा मट्टीतेल खन्याई आगो लगाएर ढोका बन्द गरी फरार भएका थिए।
त्यसपछि गाउँलेले निर्मलाको उद्धार गरी उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा भर्ना गरेका थिए। यहाँ उपचार सम्भव नभएपछि निर्मलालाई थप उपचारको लागि काठमाडौंको लगिएको थियो। निर्मलाको शरीरको ४० प्रतिशत भन्दा बढी भाग जलेको चिकित्सकले जानकारी दिएका छन। उनको अवस्था गम्भीर रहेको बताइएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।