|
फोटो : सुरेन्द्र भण्डारी/रासस

सुरुङ्गा (झापा) : १५ करोड रुपैयाँको लागतमा झापामा शनिबारदेखि नयाँ ग्यास उद्योग सञ्चालनमा आएको छ। 

झापाको बिर्तामोड नगरपालिका–२ चारपानेमा अत्याधुनिक र सुविधासम्पन्न पाथीभरा ग्यास उद्योग सञ्चालनमा आएको हो। 

नेपाल सरकारले ग्यासबाट चल्ने गाडी आयात गरे पनि ‘हाइ–वे’मा ग्यासको स्टेन्ड राखेर ग्यास उपलब्ध गराउन सक्ने गरी ग्यास उद्योग सञ्चालनमा ल्याइएको उद्योगका प्रबन्ध निर्देशक लय भण्डारीले  आयोजित पत्रकार सम्मेलनमा बताए। ५०० टन क्षमताको लक्ष्य राखेर उद्योग सञ्चालनमा ल्याइएको र आजमात्रै तीन हजार ५०० सिलिन्डर बजारमा पठाइसकेको अध्यक्ष एकराज उप्रेतीले जानकारी दिए।

दुई बिगाहा क्षेत्रफलमा उद्योग सञ्चालनमा रहेको र उद्योगमा २५ जनाले प्रत्यक्ष रोजगार पाएको पत्रकार सम्मेलनमा बताइएको छ। ‘५० हजार सिलिन्डर एकसाथ बजारमा पठाइने र ग्यासको अभाव हुँदा पनि मेची अञ्चलवासीलाई सहजरुपमा ग्यास उपलब्ध गराउने प्रतिबद्धतासहित हामीले ग्यास उद्योग सञ्चालनमा ल्याएका हौं’  उद्योगका प्रबन्ध निर्देशक भण्डारीले भने।  

पाथीभरा ग्यास उद्योगसँगै झापामा ग्यास उद्योगको सङ्ख्या चार पुगेको छ। मेची, पराजुली, कनकाई यसअघि सञ्चालनमा आएका ग्यास उद्योग हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.