|
फाइल फाेटाे

काठमाडौं : सांसद तथा राप्रपा नेता राजेन्द्र लिङदेनले पछिल्लो एक वर्षमा भएको अनियमितता र बेथितीबारे सरकार मौन बसेको भन्दै प्रश्‍न उठाएका छन्। उनले राणाकालपछिको शक्तिशाली हुँदा पनि सरकारले आफ्नो शक्तिको सदुपयोग गर्न नसकेको भन्दै पद्दतिमाथि नै प्रश्‍न उठाएका छन्।

उनले संसदलाई देखाएरै वाइडबडी जहाज खरिदमा अनियमितता भएको अवस्थामा पनि सरकारले केही गर्न नसकेको बताए। उनले वाइडबडीमा ठूलो रकम अनियमितता मात्रै नभइ वाडबडी चलाउन नसकेकै कारण वायुसेवा निगम घाटा गएकोबारे सरकारको ध्यानकर्षण गराएका छन्। 

सोमबार बजेट अधिवेशनको क्रममा संसदमा बोल्दै लिङदे ३३ किलो सुन काण्ड, निर्मला बलत्कार काण्ड, मेलम्चीको विषयमा भएको अनियमितता , बालुवाटारको जग्गा बेचिएको प्रसंग, खुल्ला मञ्चमा टहरा बनाइएको प्रसंग र एनसेल लाभकरको विषयसहितका सात प्रश्‍न सरकारसँग तेर्साएका हुन्। 

‘बालुवाटारको जग्गा बेचिएको प्रकरणले हामीलाई लज्जित बनाएको छ’ लिङदेलले भने। उनले मेलम्चीको सवालमा तत्कालिन सचिवले समेत प्रश्‍न उठाउँदा सरकार नबोलेको औल्याएका छन्। ३३ किलो सुनकाण्ड छानबिन गर्न बनाइएको आयोगले ३८ किलो सुन पनि गायब भएको प्रतिवेदन दिदा सरकार मौन बसेको भन्दै उनले आक्रोश व्यक्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.